logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    धकधईको स्वास्थ्य केन्द्रमा चिकित्सक अभावमा सेवा प्रवाहमा समस्या


    ६ बैशाख २०८२ , शनिबार

    धकधईको स्वास्थ्य केन्द्रमा चिकित्सक अभावमा सेवा प्रवाहमा समस्या

    पशुपति यादव । लुम्बिनीखबर 

    रोहिणी, ६ बैशाख । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र धकधई चार महिनादेखि चिकित्सक बिहिन रहेको छ। 

    चिकित्सक अभावकै कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र धकधईमा चार महिनादेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको रोहिणीका स्वास्थ्य शाखा  प्रमुख राम निवास चौधरीले बताएका छन् । २०८१ माघ महिनादेखि डाक्टर रितेश बर्नवालको सरूवा भएदेखि दरबन्दी रिक्त रहेको चौधरीको भनाइ छ । मेडिकल अधिकृतको दरबन्दी हुँदाहुँदै स्वास्थ्य बीमा प्रमाणितको लागि ओमसतिया गाउँपालिकामा अवस्थित वडा नं ४ बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रोहिणीको सेवा ग्राहिहरले धाउनु पर्ने बाध्यता देखिएको छ । रोहिणीको सेवा ग्राहिहरुले बीमा प्रमाणितको लागि अर्कै गाउँपालिका पठाउने अवस्था रहेको छ। 

    देशका विभिन्न स्थानमा बसोबास गर्ने मानिसहरूलाई सर्वसुलभ र सरल तरिकाले स्वास्थ्यको पहुँच पुर्‍याउनका निम्ति विभिन्न ठाउँमा प्राथमिक स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएको पाइन्छ । तर स्वास्थ्य चौकीमा कहिले चिकित्सकको अभाव त कहिले औषधिको अभावमा सेवाग्राहीहरू समस्या बेहोर्नु पारेको देखिन्छ । उपचार सामान्य स्वास्थ्य परीक्षण उपचारात्मक प्रवर्धनत्माक सेवा प्रवाह भएपनि मेडिकल अधिकृतको अभावमा विशेष उपचारात्मक विशेष किसिमको रोगको उपचार र रोग परीक्षणबाट सेवाग्राही वञ्चित रहेको रोहिणी स्वास्थय शाखा प्रमुख चौधरीले बताएका छन्। कहिलेकाहीँ विद्युत नभएको खण्डमा स्वास्थ्य केन्द्रको प्रस्तुति गृहमा समस्याहरु आउने गरेको छ । ल्याबपनि समस्याहरू आउने गरेको सेवाग्राहीहरूले लुम्बिनी खबरसँग गुनासो गरेका थिए। एक सेवाग्राहीले रक्तजाँच गराउन गएको रक्त निकालेपछि चेक जाँच सुरु भयो र विद्युत गएपछि दोस्रो पटक रगत निकालेर पुन जाँच गराउन पर्यो सेवाग्रहीले बताउँछन् सेवाग्राहीको अनुसार स्वास्थ्य केन्द्रमा जेनेरेटर हुँदाहुँदै मरमतको अभावमा हामी सेवाग्रहीहरू दुःख पाएका छौं।

    यस्तो लोकतान्त्रिक व्यवस्थामा तीन तहको सरकारको ध्यान नपुगेको हो कि स्वस्थ संस्था जस्तो ठाउँमा खेलवाड भइरहेको आम सेवाग्राहीहरूको भनाइ रहेको थियो।

    सञ्चालक समिति र स्थानीय सरकारले पहल र व्यवस्थित नगरेकै कारण आफ्ना घर आँगन मा पाउने स्वस्थ सेवा सुविधाबाट वञ्चित रहेको सेवाग्रहीले दुख पोखेका थिए रोहिणी गाउँपालिका अध्यक्ष स्थानीय सरकार प्रमुख विद्याप्रसाद यादवले रिक्त रहेको मेडिकल अधिकृतको दरबन्दीमा मेडिकल अधिकृत ल्याउने पहलकदमी भइरहेको छ संघीय र प्रदेश को सम्बन्धित निकायमा मागपत्र पठाएको छु।

    विधि प्रक्रिया अनुसार प्राथमिक स्वास्थ्य केन्द्र रोहिणीको धकधइमा चिकित्सक लगायत सबै व्यवस्था मिलाउने पहल भइरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.