राकेश काेहार । लुम्बिनीखबर
भैरहवा, ०९ वैशाख । स्पांगल एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्युट प्रा.लि भैरहवा क्षेत्रकै एक पुरानो र प्रसिद्ध शैक्षिक संस्था हो । यस संस्थाको स्थापना वि.सं. २०६७ असार ५ गतेको दिन भैरहवा बहुमुखी क्याम्पस नजिकै शान्तिनगरमा भएको थियो भने विगत एक दशकदेखि भैरहवाको देवकोटा चोकमा निरन्तर संचालन हुदै आएको छ ।
सोमबारको स्पांगल एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्युट नयाँ बर्ष-२०८२ सालको शुभकामना आदानप्रदान तथा माध्यमिक तह (+२) को विभिन्न संकायका तयारी गरिरहने विद्यार्थीको विदाई कार्यक्रम सम्पन्न गरेको छ।
स्पांगल एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्युटले आयोजना गरेको कार्यक्रममा व्यवस्थापक अमित प्रजापतिले कार्यक्रमलाई सम्बोधन गर्दै यस शैक्षिक संस्थाले स्थापना कालदेखि हालसम्म विभिन्न किसिमका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको बताएका थिए ।
संस्थाका संस्थापक तथा कार्यक्रमका अध्यक्ष जब्बार अलीको त्यस शैक्षिक संस्थामा अध्ययन अध्यापन हुने विषयहरूप्रति प्रकाश पार्दै नयाँ वर्षको शुभकामना दिँदै नव अगन्तुक विद्यार्थीहरूले संस्थामा जेआशा गरि आएका छन्, त्यो अवश्य नै पुरा हुने र त्यसको लागि आफूहरू निरन्तर साथमा रहने प्रतिबद्ध जनाएका थिए
। अन्त्यमा ११ गते देखि सुरू हुन गइरहेको कक्षा-१२ को परिक्षामा सहभागि हुन गइरहनु भएका सम्पूर्ण विद्यार्थीहरूको समुज्जवल भविष्यको कामना गर्दै शिक्षक र विद्यार्थीहरूको बिचमा कहिल्यै विदाई नहुने कुरा राख्दै सो कार्यक्रमको समापन गरेका थिए ।।
कार्यक्रमका प्रमुख अतिथि उप-प्राध्यापक डा. कौशल गौतमले यो संस्था विगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा निरन्तर रूपमा दिँदै आएको योगदान विशिष्ट रहेको बताएका थिए । अझै पनि शैक्षिक गुणस्तर सुधार गर्दै जानु पर्ने कुरामा जोड दिने कुरा सुझाएका थिए । उहाँले यो संस्थाको डेढ दशकको अनुभव, दक्षता एवम विशिष्टताले विद्यार्थीहरू पक्कै पनि लाभान्वित हुने कुरामा विश्वास रहेको बताए थिए ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका उप-प्राध्यापक श्री जतिस चौधरी, शिक्षक श्री शैलेन्द्र यादव, सक्षम त्रिपाठी, कोरियन भाषा प्रशिक्षक सुभाष रिजाल, जापानिज भाषा प्रशिक्षक रविन्द्र साहनी, आंग्रेजी भाषा प्रशिक्षक सुमित त्रिपाठी, शिक्षक भरत गिरि, अस्फाक अहमद, क्यामुद्दिन धुनिया, शैलेन्द्र सहानीले शुभकामना मन्तव्य राखेका थिए।
एस.इ.इ. दिएर बस्नुभएका र यस इन्सिच्युटमा सि.टि.भि.टि., ब्रीजकोर्स एवम् कम्प्युटर अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने कक्षा-१२ का विद्यार्थीहरूको विदाई गरिएको थियो ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसको उप-प्राध्यापक डा. कौशल गौतमको प्रमुख अतिथ्यता, दर्जनौँ भन्दा बढी शिक्षक एवम् प्रशिक्षकहरू सहभागिता रहेको थियो ।
कार्यक्रम रोहित यादव सञ्चालन गरेका थिए भने सि.टि.भि.टि.मा अध्ययनरत् उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । १५० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।