logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    श्रीमतीको कर्तव्य गरी हत्या गरी फरार रहेका व्यक्ति बुटवल बसपार्कबाट पक्राउ


    १ मंसिर २०८२ , सोमबार

    श्रीमतीको कर्तव्य गरी हत्या गरी फरार रहेका व्यक्ति बुटवल बसपार्कबाट पक्राउ

    लुम्बिनीखबर
    बुटवल, १ मंसिर । रुपन्देहीको लुम्बिनी गेटमा आफ्नै श्रीमतीको कर्तव्य गरी हत्या गरी फरार रहेका एक व्यक्ति २४ घण्टा नबित्दै बुटवल बसपार्कबाट पक्राउ परेका छन्।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मिति २०८२ साल कार्तिक २७ गते बिहान करिब ८ बजेतिर सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटको स्टाफ कोठामा काम गर्दै आएकी २० वर्षीया मेलिना परियार मृत अवस्थामा फेला परेकी थिइन्।
    मृतक मेलिनाका श्रीमान् बाग्लुङ निसीखोला गाउँपालिका–६ रास्कोटका ३२ वर्षीय बिजय भन्ने वीरबहादुर कुँवरले सामाजिक सञ्जालमा अर्की महिलासँग कुराकानी गरेको शंकामा विवाद भएको र मादक पदार्थ सेवन गरेपछि श्रीमतीलाई कर्तव्य गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
    हत्या गरी फरार रहेका कुँवरलाई प्रहरीले व्यापक खोजी गरेर कार्तिक २८ गते साँझ ६ बजेतिर बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कमा लुकिछिपी भाग्ने क्रममा पक्राउ गरेको हो।
    पक्राउ पर्ने बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका वडा नं. ६, रास्कोट बस्ने ३२ वर्षिय बिजय भन्ने वीरबहादुर कुँवर हुन ।
    “घटना लगत्तै हामीले विशेष टोली परिचालन गरेका थियौं, २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भयौं,” जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए। “अहिले हत्याको कारण, तरिका र अन्य प्रमाणहरू संकलन गरी थप अनुसन्धान भइरहेको छ।”
    मृतक मेलिना परियार लामो समयदेखि सोही होटलमा काम गर्दै आएकी थिइन्। अभियुक्त कुँवरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.