logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा अतिक्रमण हटाउने अभियान सञ्चालन


    १२ बैशाख २०८३ , शनिबार

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा अतिक्रमण हटाउने अभियान सञ्चालन

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, वैशाख। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ९ मा सार्वजनिक स्थानमा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको छ। वडा अध्यक्ष कमल अख्तर फकिर को नेतृत्वमा सुरु गरिएको यस अभियानले वडा क्षेत्रभित्रका सडक तथा नाली अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने कार्यलाई तीव्रता दिएको छ।

    अभियानअन्तर्गत नगर प्रहरी र नेपाल प्रहरीको सहकार्यमा जेसीबी प्रयोग गरी अतिक्रमित संरचनाहरू हटाइँदैछन्। सडक किनार तथा ढल निकास क्षेत्रमा गरिएको अवैध कब्जा हटाउन विशेष ध्यान दिइएको जनाइएको छ।

    स्थानीय तहका अनुसार यस अभियानको मुख्य उद्देश्य सार्वजनिक पूर्वाधार—विशेष गरी सडक र ढल निकास—लाई व्यवस्थित बनाउनु हो। अतिक्रमण हटाइएपछि आवतजावत सहज हुने, जलनिकास प्रणाली सुधार हुने र वातावरणीय सरसफाइमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    अभियानप्रति स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थित सहरी विकासतर्फ यो अभियान महत्वपूर्ण कदमका रूपमा स्थापित हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.