logo
  • १७ असोज २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ घाइते


    १६ असोज २०८३ , शुक्रबार

    बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ घाइते

    लुम्बिनीखबर
    कपिलवस्तु, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। आज बिहान करिब ६ः१० बजे काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रक ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    प्रहरीका अनुसार ट्रकले टिप्परलाई ओभरटेक गर्ने क्रममा बससँग ठोक्किएको हो। दुर्घटनामा घाइते ११ जनाको अवस्था सामान्य रहेको छ। ट्रक चालक रुपेश धिमाल र टिप्पर चालक सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण चोरखोला पुलमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.