लुम्बिनीखबर
कपिलवस्तु, कार्तिक ९ । प्रहरीले कपिलवस्तुबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिलालाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–२, हल्लानगरबाट स्थानीय २३ वर्षीया अस्मिता बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।
प्रहरीले उक्त लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरी बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा ल्याएर थप अनुसन्धान सुरु गरेको छ ।