logo
  • ११ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पहाडी संस्कृति जोगाउन बुटवलमा सराँय नाच


    ११ कार्तिक २०८३ , मंगलबार

    पहाडी संस्कृति जोगाउन बुटवलमा सराँय नाच

    लुम्बिनीखबर
    भैरहवा, कात्तिक १० । पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराँय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराँय नाच प्रदर्शन गरेका हुन् ।

    ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने मूल नारासहित श्री नवदुर्गा मन्दिर पूजा समितिले कार्यक्रम आयोजना गरेको हो । समितिका संरक्षक तथा संयोजक अर्जुन कुँवरले विगत १७ वर्षदेखि निरन्तर सराँय नाच प्रदर्शन गर्दै आएको बताउनुभयो । आधुनिकतासँगै मौलिक संस्कृति लोप हुने जोखिम बढेकाले नयाँ पुस्तालाई परम्परा र संस्कृतिबारे परिचित गराउन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पहाडी जिल्लामा नाचिने सराँयलाई देवी भगवतीको विजय उत्सवका रूपमा लिने परम्परा छ । नाचका क्रममा पञ्चेबाजाको तालमा सहभागी गोलाकार रूपमा घुम्दै हातमा हतियार लिएर नाच्ने गर्छन् । एकअर्काका हतियार जुधाएर लयात्मक आवाज निकाल्दै नाचिने यस परम्पराले धार्मिक आस्था र सामूहिक उत्सवलाई प्रतिबिम्बित गर्छ ।

    समितिका अध्यक्ष कुलबहादुर केसीले दुर्घटनाको जोखिम कम गर्न नाचमा काठका हतियार प्रयोग गरिएको बताउनुभयो । गाउँघरको परम्परा जोगाउन तथा युवा पुस्तामा सांस्कृतिक चेतना बढाउन बुटवलमा कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । देवीनगरस्थित मन्दिर परिसरमा हरेक वर्ष आयोजना गरिने कार्यक्रममा विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.