logo
  • १५ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    विकासका मुद्दामा पत्रकारसँग सहकार्य गर्ने सांसद खरेलको प्रतिबद्धता


    १४ कार्तिक २०८३ , शुक्रबार

    विकासका मुद्दामा पत्रकारसँग सहकार्य गर्ने सांसद खरेलको प्रतिबद्धता

    लुम्बिनीखबर
    भैरहवा, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले निर्वाचन क्षेत्रका समस्या समाधान र विकास निर्माणलाई गति दिन जनप्रतिनिधि र पत्रकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बुटवलस्थित आफ्नो सम्पर्क कार्यालयमा पत्रकारसँग कुरा गर्दै उहाँले दलगत राजनीतिभन्दा माथि उठेर जनताले अपेक्षा गरेको परिवर्तनका लागि एकजुट हुन आग्रह गर्नुभयो । नागरिकका गुनासा र सुझाव संकलन गरी आवश्यक विषय संसद्मा उठाउने तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

    सांसद खरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन, बुटवल–गोरुसिङ्गे सडक निर्माणमा भइरहेको ढिलाइ, झुम्सा खानेपानी आयोजना, तिनाउ नदी व्यवस्थापन र सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दसैँ बिदाका क्रममा गृहक्षेत्र आउनुभएका सांसद खरेलले रुपन्देही–२ का विभिन्न सरोकारवालासँग समसामयिक विषयमा छलफल गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.