रुपा पाण्डेय/ असलम खाँन
मर्चवार, १९ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा न. १ ले जनताको माझमा सेवा गर्दै आईरहेको छ । वडा भित्रका जनताहरुको समस्यालाई समााधान गर्नुका साथै सार्वजनिक कार्यहरु गरिरहेको वडा अध्यक्ष राजेश गुप्ताले जानकारी दिए । वडा पालिका भित्र देखिएका विभिन्न समस्याहरु वारे अवलोकन गर्दा त्यसको समाधानका लागि योजना बनाई सकेको वडा अध्यक्ष गुप्ताले बताए । जनतालाई विभिन्न किसिमका सीपमुलक तालिम दिई आत्म निर्भर बनाउन हाम्रो भावी योजना रहेको वडा अध्यक्ष गुप्ताले बताए । नजिकै अस्पताल नभएको र सडक वा बाटोघाटो समेत राम्रो नभएकोले कतिपय बिरामीहरु सेवा नपाउँदा मृत्यू समेत हुनेगरेकाले अस्पताल निर्माण गर्न पहल वडापालिकाले गरेको छ ।
औषधी र विरामीलाई अस्पताल सम्म पुुर्याउनका लागि एम्बुलेन्स समेत उपलब्ध गराउने सोचमा वडापालिका रहेको वडा अध्यक्ष गुप्ताले जानकारी दिए ।
जनताको समृद्धि र विकासका लागि योजना अनुसार काम गर्ने वडापालिकाको योजना छ । सेवालार्ई सजिलो, सरल र सहज रुपमा सहयोग पुुर्याउनका लागि जनप्रतिनिधि र कर्मचारी सहकार्यका साथै जनतालाई खुसी बनाउने कार्यमा सक्रिय भएको वडा अध्यक्ष गुप्ताले बताए । पालिकामा नमुना वडा निर्माण पक्षमा जनप्रतिनिधिहरुका साथमा कर्मचारीहरु पनि एकमतका साथ काममा खटिएको वडा सचिवले बताए ।