logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नागरिक समाजको अध्यक्षमा राजाप्रताब


    ६ पौस २०७९ , बुधबार

    नागरिक समाजको अध्यक्षमा राजाप्रताब

    कमल रायमाझी
    भैरहवा । रुपन्देही नागरिक समाज सिद्धार्थ नगर कमिटिको अध्यक्षमा राजाप्रताब शाही निर्बिरोध निर्वाचित हुनुभएको छ । संस्थाको साधारण सभा तथा पहिलो अधिबेसनबाट शाही अध्यक्षमा निर्वाचित भएको समाजले जनाएको छ ।
    अधिबेसनबाट समाजको उपाध्यक्षमा बासु प्रधान, सचिवमा केशब अधिकारी, सहसचिव रञ्जु शर्मा, कोषाध्यक्ष उमेश आर्चाय, सह—कोषाध्यक्षमा डा. अनिल कुमार शर्मा, सदस्यहरु माला प्रधान, नेहा क्षेत्री, भुपेन्द्र थापा मगर, तुल्सीराम भट्ठराई, सौरभ चौधरी निर्बिरोध निर्वाचित भएको समाजको सचिवालयले जानकारी दिएको छ । नागरिक समाजले निं अध्यक्ष अमित कुमार गुप्ता, रुपन्दही नागरिक समाजका जिल्ला उपाध्यक्षहरु चन्द्र रोक्का, शारदा पोखरेल र जिल्ला महासचिव दिपक कुमार के.सी.लाई सल्लाहकारमा चयन गरेको छ ।
    भैरहवाको मौर्य होटलमा सम्पन्न भएको समाजको साधारण सभा तथा अधिबेसनमा प्रमुख अथिति क्याप्टेन रेशम के.सी.ले निर्वाचित कार्यसमितिलाई खादा र टिकाबाट सम्मान गर्नुभएको थियो ।
    अमित गुप्ताको अध्यक्षता तथा जिल्ला सचिव तुल्सा शर्माको स्वागत र चन्द्र रोक्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
    कार्यक्रममा समाजका अगुवा तथा समाजसेवीहरु रुपन्देही नागरिक समाजका जिल्ला अध्यक्ष पुर्व प्रहरी उपरिक्षक (एस.पी.) इश्वरी प्रसाद चापागाई, जिल्ला सहउपाध्यक्ष श्रीराम गुप्ता,उपाध्यक्षहरु चन्द्र रोक्का, शारदा पोखरेल, रामकृष्ण हमाल, महासचिव दिपक के.सी., सचिव तुल्सा शर्मा कोषाध्यक्ष इशा खड्काको विशिष्ट आथित्यता रहेको थियो ।

     

    समाजको हरेक बिषयमा सरोकार राख्ने रुपन्देही नागरिक समाज स्थानीय स्तरमा लोकप्रिय रहेको छ । स्वतन्त्र मानिसहरुको सहभागित रहेकाले यस संस्थाले गर्ने कामहरु पारदर्शी र निपक्ष हुने गरेका छन् । जसले निरन्तरता पाउनेमा विश्वास रहेको उपस्थित अथितिहरुले आफ्नो मन्तव्यमा जनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.