logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मदरसामा कुरान मजिद विषय संचालन


    ६ माघ २०७९ , शुक्रबार

    मदरसामा कुरान मजिद विषय संचालन

    लुम्बिनीखबर
    सिद्धार्थनगर, माघ । सिद्धार्थनगर नगरपालिका –१० शंकरपुरमा रहेको मदरसा अरविया अहले सुन्नत नरुल उलुम मा कुरान मजिद विषय संचालतमा रहेको छ ।
    मदरसा अरविया अहले सुन्नत नरुल उलुम स्लाम धर्म संग सम्बन्धित विद्यालय हो । मदरसाको स्थापना वि.स २०४९ सालमा भएको हो । मदरसा स्थापना गर्नुको मुख्य उद्देश्य इस्लाम धर्म संग सम्बन्धित धर्म संस्कृति र रीतिरिवाजलाई जोगाई राख्नु हो । विद्यार्थीहरुको माध्यमबाट समाजमा इस्लाम धर्म संग सम्बन्धित ज्ञानलाई पु¥याउनु हो । इस्लाम धर्मसंग सम्बन्धित मुल्य, मान्यता, संस्कृति, रीतिरिवाज, चालचलन, भेषभुषा र भाषा आदिलाई लोप हुनबाट बचाउनका लागि मदरसा शिक्षा संचालन गरेको जमिल अहमदले जानकारी दिनु भयो । यस मदरसामा नेपाली , अंग्रेजी, गणित, विज्ञान, सामाजिक, उर्दु, र कुरान मजिद विषयहरु पाठ्यक्रम बनेको भाषामै पढाई हुने गरेको प्रधानाध्यापक अहमदले बताउनु भयो । मदरसामा इस्लामिक विद्यालय भए पनि इलाम धर्मका शिक्षक र विद्यार्थी मात्र नभर अन्य धर्म मान्ने पनि आबद्ध रहेको प्रधानाध्यापक अहमदले जनाउनुभयो । मदरसा बाल कक्षा देखि कक्षा ५ सम्म रहेको संचालनमा रहेको छ । छात्र र छात्रा विद्यार्थीको संख्या ५० जना र शिक्षकको संख्या ६ जना रहेको प्रधानाध्यापकले बताउनुभयो । मदरसामा ६ वटा भवन रहेको र छात्र छात्राका लागि छुट्टा छुट्टै शौचालय , साथै शुद्ध खानेपानीका लागि २ वटा ह्यान्ड पाइप रहेको छ । यो मदरसा नेपाल सरकार द्वारा मान्यता प्राप्त शिक्षण संस्था हो । यो मदरसा संचालन गर्नका लागि स्थानीयतह, स्थानीयबासी, अभिभावक, विद्यार्थी, शिक्षक , व्यवस्थापन समिति र अन्य स्रोत वाट प्राप्त अनुदान जस्ता स्रोतबाट आर्थिक व्यवस्थापन गरी संचालन गरेको प्रधानाध्यापक अहमदले बताउनुभयो । यो मदरसामा बाल कक्षा दखि कक्षा ५ सम्मको काल अवधि पुरा गरे पछि विद्यार्थीहरु अन्य जुनसुकै नीजि वा समुदायिक विद्यालय अध्ययन गर्न सक्ने क्षमताको विकास भइसकेको हुन्छ भनी प्रधानाध्यापक अहमदको दावी रहेको छ । मदरसामा संचालित विषयहरुमा नेपाली , अंग्रेजी, गणित, विज्ञान, सामाजिक, उर्दु विषय जुनसुकै विद्यार्थीले पढन पाउने तर कुरान मजिद विषय इस्लाम धर्मका विद्यार्थी अनिवार्य पढनु पर्ने प्रधानाध्यापक अहमदले बताउनु भयो । कुरान इस्लामहरुको धार्मिक ग्रन्थ हो । कुरानमा इस्लामहरु लागि विभिन्न किसिमका नियमहरु मुल्य, मान्यता, संस्कृति, रीतिरिवाज, चालचलन, भेषभुषा र भाषा उल्लेख गरिएको छुन्छ । जसले गर्दा कुरान मजिद विषय राखिएको अहमदले जानकारी दिनु भयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.