असलम खान
रुपन्देही । मर्चवारी गाउपालिकामा पुन ः एक पटक स्थायी परिवार नियोजन शिविर संचालन हुन गइरहेको छ। यश अघि ३ दिन संचालन भएको शिविरमा ६२ जना मिनिल्याप, ३ जना इम्पालान्ट गरी कुल ६५ जना सेवा लिएको मर्चवारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताएका छन्। ३ दिने शिविरमा छुटेका व्यक्ति हरुको माग अनुसार पुनस् एक पटक शिविरको आयोजना गरिएको शाहले जानकारी गराएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोग र मर्चवारी गाउपालिकाको आयोजनामा माघ १३ गते शुक्रबार रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अमवामा पुनस् एक दिनको लागि शिविर संचालन हुने मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन्।