भैरहवा, फागुन । नेपाल सरकारका हालका अर्थमन्त्री विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीमा आगमी आर्थिक वर्ष २०७३÷०७४ को लागी ५ अरब २४ करोड १६ लाख २६ हजारको अनुमानित आय ब्यय सार्वजनिक गरिएको छट ।
जिल्ला विकास समिती रुपन्देहीको शुक्रबार सम्पन्न २३ औं जिल्ला परिषदले सो अनुमानित बजेट सार्वजनिक गरेको हो । सरकारका बाणिज्य , श्रम तथा रोजगार मन्त्री दीपक बोहराको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त बजेटमा ५८ प्रतिशत रकम अर्थात ३ अरब ५ करोड, २६ लाख ६७ हजार चालु खर्च तर्फ छुट्टयाएको छ । यसैगरी ४२ प्रतिशत अर्थात २ अरब १८ करोड ८९ लाख ५९ हजार रुपैया पूंजिगत खर्च तर्फ छुट्टयाएकोछ ।
समग्र बजेटमा जिल्ला बिकास समिती रुपन्देहीले बन तथा वातावरण बिकास समिती तर्फ ७ प्रतिशत , पुर्वाधार र संम्रचना बिकास समिती तर्फ ३८ प्रतिशत , आर्थिक बिकास समिती तर्फ २ प्रतिशत , जनसंख्या तथा सामाजिक बिकास समिती तर्फ ५३ प्रतिशत बजेट बिनियोजन गरेको छ ।
बजेटमा राष्ट्रिय गौरवका आयोजनामा परेका गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थल, लुम्बिनी बिकास कोष र बुटवल–बेलहिया ६ लेनको सडकको बजेट यस बजेटमा समावेश नगरिएको जिल्ला विकास समितीले जनाएको छ ।
कार्यक्रममा मन्त्री बोहरा सभासद्धहरु अब्दुल रज्जक , आदित्य नारायण कसौधन , कमलेसपुरी गोस्वामी , ईस्तियाक अहमद , सोनिया यादव लगायतले जिल्लाको बिकासमा जिल्ला बिकास समिती रुपन्देहीले खेल्नुपर्ने भुमिकाका बारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल , तराईमधेश लोकतान्त्रीक पार्टीका जिल्ला उपाध्यक्ष अजय गुप्ता, सद्धभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकास आदव गुल्जारी , नेकपा मालेका मोहन सिंह आले , नेमकिपाका सुन्दर पासी , राजमोका जिल्ला अध्यक्ष बद्रे आलम , कृष्ण गुरुड., राष्ट्र्यि समाजवादी पार्टीका देवमणी पाण्डे, जनमुक्र्ती पार्टीका झम बहादुर गुरुड., शैलेन्द्र कुमार पाण्डे, नेपाल सद्धभावना पार्टीका हरिष चन्द्र सिंह , नेकपा माक्सबादीका सलमान खांन , जनमोर्चाका चित्र बहादुर थापा , महिला समन्वय समितीका उपाध्यक्ष रमा अर्याल , गैसस महासंघका गोबिन्द्र प्रसाद रेग्मी , पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिशी , शान्ती समिती रुपन्देहीका संयोजक आनन्द प्रसाद गुप्ता , सिदार्थनगर उधोग बाणीज्य संघका बरिष्ठ उपाध्यक्ष डा शान्त कुमार शर्मा , महिला अधिकार कर्मी ज्ञानु पौडेल लगायतले जिल्लको बिकासमा खेल्नु पर्ने भुमिकाका बारेमा आ आप्नौ धारणा राखेका थिए ।