रुविना थापा । लुम्बिनीखबर
भैरहवा, २३ मंसिर । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा रुपन्देहीका शेयर सदस्य मदनलाल तेलीले अक्षयकोषबाट गरिव तथा विपन्न वर्गका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहयोग गरेका छन् ।
विहीवार मदनलाल तेलीले आफ्नो आमा स्व. पुना देवी तेली तथा श्रीमती स्व. गिता देवी गुप्ता नाममा स्थापना गरेका स्मृति अक्षयकोषबाट बिरामीलाई सहयोग गरेका हुन ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १ का २६ वर्षिय मृगौला रोगका बिरामी सुरेश पासीलाई अक्षयकोषबाट रु २५ हजार बराबरको दैनिक रुपमा खाने औषधी, मासिक ल्याब टेस्ट, ब्लड ट्रान्सफ्युजन र आकस्मिक औषधीमा खर्च हुने गरी सहयोग गरिएको हो ।

सुरेश गुप्ताले सिद्धार्थनगर सिटी हस्पिटलमा नियमित हेमोडाईलाईसिस सेवा लिइरहेको र बिरामीको आर्थिक अवस्था निकै कमजोर रहेको स्मृति अक्षयकोषका संस्थापक मदनलाल तेलीले बताए ।
त्यस्तै मदनले कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का १९ वर्षिय मृगौला रोगका बिरामी संजय कुमार चमारलाई पनि अक्षयकोषबाट रु.२५ हजार बराबरको दैनिक रुपमा खाने औषधी, मासिक ल्याब टेस्ट, ब्लड ट्रान्सफ्युजन र आकस्मिक औषधीमा खर्च हुने गरी सहयोग गरेका छन । संजय पनि सिद्धार्थनगर सिटी हस्पिटलमा नियमित हेमोडाईलाईसिस सेवा लिइरहेका छन । मदनले गरीब तथा विपन्न वर्गका बिरामीहरुका लागि उक्त अक्षयकोष स्थापना गरेका हुन् ।