रुविना थापा
भैरहवा, १५ पुस । सिद्धार्थ बैंक लि.ले २१ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्थित भैरहवा शाखाले रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरेको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै ग्राहकहरु, स्थानीयबासीहरु समेत ५० जना सहभागी भएका थिए ।
अस्पताललाई जहिले पनि रगतको ठूलो आवश्यकता रहेको र यस अवस्थालाई केही हद सम्म भए पनि कम गर्ने उद्देश्य लिइ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ बैंकको २१ औँ वार्षिक उत्सवको उपलक्ष्यमा देशका अन्य प्रदेशहरुमा पनि भव्य सहभागीताका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सो बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंक सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशैभर १९६ शाखा (५ एक्स्टेन्स कान्टर सहित), ७३ शाखा रहित बैंक सेवा दिएको र २२६ एटिएम मार्फत ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको सिद्धार्थ बैंक भैरहवा शाखाले जानाएको छ ।