logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मायादेवीमा प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम


    २६ पौस २०८० , बिहिबार

    मायादेवीमा प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम

    रुविना थापा । लुम्बिनीखबर
    मायादेवी , २६ पुस । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पुसको २० गते शुक्रवार गाउँपालिकाको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्य गाउँपालिकाको सभाहलमा भएको हो ।
    कार्यक्रममा मायादेवी गाउँपालिकाका वडा नम्बर १ देखि ८ नम्बर वडाका स्थानीयवासीहरुको उपस्थितिमा भएको हो । कार्यक्रममा वडाका व्यक्तिहरुले आआफनो वडा भित्रका विभिन्न विषयमा प्रश्न गरी सम्वन्धित सरोकारवाला संग जवावको अपेक्षा गरेका थिए । कार्यक्रममा स्थानीयवासीले खुल्ला प्रश्न गरी उक्त प्रश्नसंग सम्वन्धित व्यक्ति जवाफ दिएका थिए ।
    कार्यक्रममा स्थानीय वडावासीहरुले आ आफनो वडा भित्र रहेको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, खानेपानी, विद्युत्त वाटोघाटो लगायतका विषयमा देखिएका समस्या सरोकारवालाको अगाडि प्रश्न राखेका थिए । सो समस्याहरु वारे जवाफदेही व्यक्तित्वहरुले जवाफ दिएका थिए ।
    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धु्रव नारायण चौधरीले गाउँपालिकाको हरेक समस्याको समाधानका लागि आफू सधैं तयार रहेको र आफूले गाउँपालिकावासी विकासको हरेक पक्षमा सकारात्मक सोचका साथ अगाडि बढेको बताउनुभयो । आफूले निर्वाचनको समयमा प्रतिवद्धता गरे अनुसार काम गर्न खोज्दा विभिन्न किसिमका वाधाव्यवधान आएको तर त्यसमा निरन्तरतामा राखेर काम गरेको बताउनुभयो ।
    चौधरीका अनुसार गाउँपालिकाको अध्यक्ष भनेको एउटा सिङ्गो स्थानीयवासीको अभिभावक हो, स्थानीयवासीको सुख आफनो सुख र उहाँहरुको दुःख आफनो दुःख सम्झेर अगाडि बढेको छु । कतिपय काम गर्दा केही व्यक्तिहरुले काममा दखल गर्ने भएकोले तपाईहरुको साथ र सहयोग जरुरी छ । आफूले कतिपय कामहरु गर्न खोज्दा आफूहरु माथि मुद्दा परेको भएपनि स्थानीयवासीहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पशु, वाटोघाटो लगायत अन्य विकास निर्माणका कार्यमा वडा कार्यालय र गाउँपालिकाको कार्यालयबाट समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि भेषराज पन्थले गाउँपालिकाको प्रशासनिक कार्य आफूले निर्देशन गर्नुपर्ने भएकोले दतचित्त भएर लागेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतका अनुसार कुनै पनि सार्वजनिक जग्गामा निर्माण गर्न अनुमति दिने अधिकार नेपाल सरकारको स्वामित्वमा भएको हुँदा आफूले त्यसैको सिलसिलामा काठमाडौं २ पटक जानुपरेको बताउनुभयो । अवधीको हिसावले आफू आएको ८० दिन भएको जसमा २८ दिन सार्वजनिक विदाँ परेको वाँकी ५२ दिनमा ९ दिन घरायसी कार्यले विदा बसेको बताउनुभयो । आफूले कार्यालयमा हाजिर गरेको दिनको हिसाव गर्दा थुपै्र आयोजनाहरुको अनुगमन गरेको उहाँले भन्नुभयो । अधिकृत पन्थका अनुसार अनुगमन गरेका कार्यक्रम मध्ये पशु कार्यक्रम, विद्यालय कक्षाकोठा अनुगमन, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका विषयमा अनुगमन गरेको बताउनुभयो । मलको विषयमा गाउँपालिका भित्र संचालनमा रहेका सहकारीका संचालक र किसानहरुलाई वोलाएर छलफल समेत गरेको, आफूले स्थानीय तहलाई कसरी व्यवस्थित तरिकाले संचालन गर्ने भन्ने विषममा निरन्तर कसरत गरेको बताउनुभयो । आफूले हाजिर गरेको दिनको विचमा ५ वटा कानुन पनि बनाएको बताउनुभयो । औषधी स्वास्थ्य कार्यालयमा नपुगेको गुनासो आफूले पहिला नै जानकारी पाएको कुनै एउटा औषधीको लागि जति छिटो छरितो गरेपनि ३० दिन प्रक्रियागत रुपमा उपलब्ध गराउन लाग्ने भएको बताउनुभयो । ३ वटा अन्तरपालिका समन्वय बैठक बसेको, आमनागरिकलाई सेवा सहज रुपमा पुर्याउन लगिपरेको बताउनुभयो । उहाँका अनुसार आफूहाजिरी भएको समयदेखि नक्सा सम्बन्धी कसैलाई पनि समस्या नआएको दावी गर्नुभएको थियो । २०७७ देखि आफू आउनुभन्दा पूर्वको नक्सा सम्बन्धी किन रोकिएको भन्ने विषयको खोजीमा, सार्वजनिक सम्पत्तिको संरक्षणमा पनि लागेको बताउनुभयो । आफूले स्थानीय तहको विधि विधान, हक , अधिकार, नियम कानुनको अधिनमा रहि यहाँका स्थानीयवासीलाई सर्वसुलभ ढङ्गले सेवा पुर्याउने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रेस क्लवका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका संयोजक कमल रायमाझीले कार्यक्रमलाई संवोधन गर्दै उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य राख्दै महामानव गौतम बुद्धको ममतामयी आमाको नामबाट नामाकरण भएको गाउँपालिकालाई गौतम बुद्धको जन्मस्थलको मार्ग भएकोले प्रत्येक वडामा पर्यटकलाई लोभ्याउने मनोरञ्जात्मक वातावरण सृजनामा सबैले ध्यान दिनुपर्ने सुझाउदै उपस्थित सबैलाई आफनो स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा अतिथि माधव ढुङ्गानाले कार्यक्रमलाई संवोधन गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जाने पर्यटकको प्रमुख मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख मार्ग सिद्धार्थनगर नगरपालिकाको लुम्बिनी गेट देखि मायादेवी गाउँपालिका भित्र पर्ने मार्गको सुन्दरीकरणका साथै आकर्षक लोभ्याउने फूलवारी बनाई वाटो वरिपरि रहेको अव्यवस्थित कारोवारलाई व्यवस्थापन पहल गर्नु पर्ने सुझाउनुभएको थियो ।
    उक्त कार्यमा आ आफनो वडाको समस्याको विषयमा प्रत्येक वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरुले समस्याका कारण र त्यस्ता समस्यालाई कुसरी निराकरण गर्न सकिन्छ बताउदै वडावासीको साथ र सहयोग समेत हुनुपर्ने जनाउनुभयो ।
    उक्त कार्यक्रममा वडा नम्बर १ देखि ८ सम्मका १ सय ५० भन्दा बढी मानिसहरुको उपस्थिति रहेको थिये भने कार्यक्रम संचालन लुम्बिनी प्रेस क्लबका सहकोषाध्यक्ष पूर्णहरी बेल्वासेले गर्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.