रुविना थापा । लुम्बिनीखबर
भैरहवा, १५ फागुन । भैरहवामा विगतको वर्ष जस्तै यो वर्ष मगर समुदायले ४२ औँ मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । हरेक वर्ष फागुन १५ गतेका दिन मगर समुदायले देशैभरी मनाउने गर्दछन् ।
मगर समुदायले आफ्नो जात, भेषभूषा, कला, सांस्कृतिक, धर्म र पहिचानलाई संरक्षण गर्नका लागि यो मगर एकता दिवस मनाउने गरेको मगर संघका अगुवाहरु बताउने गर्दछन् ।
नेपाल सबै समूदायहरुको विविधताको फूलबारी हो । नेपाल मगर संघ नगर समिति सिद्धार्थनगरको अध्यक्ष चन्द्र बहादुर राना मगरले भन्नुभयो,‘ देशको गौरवका लागि मगर समुदाय एकजुट भएर लागेका छन् । मगरको अस्तित्व, हकहित र रक्षाको लागि मगरहरुको एकता हुन आवश्यक छ ।

मगरहरुले वि.सं. २०१२ सालमा मगर एकता संघ स्थापना भएको देखिन्छ । मगर संघको आधिकारिक संस्थाको स्थापना भने वि.सं. २०३९ बाट भएको हो ।
दमौलीबाट सुरु भएको मगर एकता दिवस मनाउने अभियानले आज ४२ औँ मगर दिवस मनाउन सफल भएको मगर संघ सिद्धार्थनगरले जनाएको छ ।
मगर संघ सिद्धार्थनगरले पनि मंगलबार बिहान १० बजे देवकोटाचोकबाट ¥याली निकालि बुद्धचोकको परिक्रममा गर्दै जनकपथ हुँदै यूनिक ब्याङ्क्यूइट मा कार्यक्रम गरि सम्पन्न भएको छ ।
मगर गीतमा नाचगान गर्दै आफ्नो मगर पोशाकमा बृद्धा–बृद्ध, युवायुवतीहरु सजिएर आज भैरहवा क्षेत्रमा मगर दिवस मनाइएको छ ।