- रुबिना थापा
भैरहवा, २८ फागुन । रुपन्देहीको भीम अस्पतालमा प्रसूति महिलाहरुका लागि पिउने तातोपानीको अभाव देखिए पछि लायन्स क्लबहरुले सहयोग गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र सिद्धार्थनगर लेडी ग्लिमको सहकार्यमा तातो पानी दिने स्वचालित मेशिन भीम अस्पताललाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ डिष्ट्रिक ३२५ पि नेपालका जोन चेयरप्रसन तनु शर्मा कशौधनले जानाकारी दिनुभयो ।
लायन्स क्लब अफ डिष्ट्रिक ३२५ पि नेपालका जोन चेयरपर्सन तनु शर्मा कशौधनको सक्रियतामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका अध्यक्ष तृप्ती बर्मा, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष रुपमाया पुन, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको अध्यक्ष प्रतिमा तिमिल्सेना, सिद्धार्थनगर लेडी ग्लिमका अध्यक्ष शिल्पा श्रीवास्तवको संयूक्त सहकार्य र सहयोगमा स्वचालिन तातोपानी दिने मेशिन खरिद गरी हस्तान्तरण गरिएको डिष्ट्रिक क्याविनेट सेक्रेटरी बिनोद खरेलले बताउनुभयो ।
आभा मल्ल, सृजना जोशी, पुष्पा रायमाझी, अनिता रौनियार संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा लायन्स क्लब अफ इन्टर नेस्नल डिष्ट्रिक ३२५ पि नेपालका गर्भनर अर्जुनमान सैजुले महिलाहरुले नेतृत्व गरेका लायन्सहरुले अस्पतालमा प्रसूतिहरुलाई आवश्यक पर्ने स्वचालिन तातोपानी दिने मेशिन सहयोग गरेर पुण्यकर्म गरेको बताउनुभयो । उहाँले यी मेशिनहरुलाई अस्पतालले सुरक्षितरुप प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अन्ननतकुमार शर्माले लायन्सहरुले देखाएको यो मानवीय कार्य प्रति नमन व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मोहम्मद नुरुल हुदाले स्थानीय संघ संस्थाहरुको सहयोग र सहकार्यमा भीम अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको जनाउँदै अस्पताललाई अत्याधुनिक बनाउनका लागि सबैको सहकार्यको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालमा प्रसूति विभाग प्रमुख डा. शैलेजा घिमिरे, अस्पतालका सूचना अधिकारी तथा आरिफ हुसेन, अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारी, प्रकृति संरक्षण नेपालका संस्थापक अध्यक्ष प्रकृति उप्रेती, लायन्स क्लब अफ इन्टर नेस्नल डिष्ट्रिक ३२५ पि नेपालका प्रथम गर्भनर पुरुषोत्तम भक्त प्रधाङानाको विशिष्ट आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ इन्टर नेस्नल डिष्ट्रिक ३२५ पि नेपालका द्वितीय गर्भनर बालाराम भट्टराई, लायन्सका अफिसरहरु रुक्मा हिराचन, संगम न्यौपाने, दिपक कौशल, अभिनव मयुर कशौधन, दुर्गा आर्चाय, राकेश गुरुङको आतिथ्यता रहेको लायन्स क्लब अफ इन्टर नेस्नल डिष्ट्रिक ३२५ पि नेपालले जनाएको छ ।