logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    क्याम्पसमा अव्यस्थित क्यान्टिन


    ५ चैत्र २०७२ , शुक्रबार

    क्याम्पसमा अव्यस्थित क्यान्टिन

    पवित्रा चौधरी
    भैरहवा। भैरहवा क्षेत्रको ठुलो क्याम्पस भैरहवा बहुमुखी क्याम्पसको हाता भित्र रहेको क्यान्टीन अव्यस्थित हुदा विद्यार्थीहरुले सहजरुपमा खाजा खान समस्या परेको छ ।
    क्याम्पसको क्याimagesन्टीन साघुरो र छाप्रोमा रहेकाले विद्यार्थीहरुले उचित रुपमा चाहेको खाजा खान पाएका छैनन् ।
    खाजा खानका लागी समेत क्यान्टिनमा वस्ने व्यवस्था कम हुदा विद्यार्थीहरुले आराम साथ वसेर खान समेत समस्या रहेको विद्यार्थीहरुले वताउछन्  ।
    करिव १५ सय विद्यार्थीले अध्यायन गर्ने यस क्याम्पसका विगत देखी नै चमेना गृह रहेपनि क्याम्पसले व्यवस्थित भवन नवनाइदिदा  समस्या परेको देखिन्छ ।
    क्यान्टिन सञ्चालकले विद्यार्थीहरुको मागलाई ध्यानमा राखेर खाजा नास्ताको व्यवस्था राम्रै गरेपनि वस्ने ठाउको अभावहुदा विद्यार्थीहरु असन्तुष्ट भएको पाइन्छ ।
    क्याम्पस प्रशासनले भने विस्तारै क्याम्पसमा भवनहरुको थपिदै गएको भन्दै निकट भविष्यमा चमेनागृहको समेत उचित व्यवस्था गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.