logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जेसीआई सिद्धार्थ लेडी, नेपालको २८ औँ स्थापना दिवस


    १२ साउन २०८१ , शनिबार

    जेसीआई सिद्धार्थ लेडी, नेपालको २८ औँ स्थापना दिवस

    रुबिना थापा । लुम्बिनीखबर

    भैरहवा, १२ साउन । जेसीआई सिद्धार्थ लेडी नेपालले आफ्नो २८ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
    संस्थाका सदस्य तथा स्थानीय समाजसेवीहरु र विभिन्न व्यक्तित्वहरुको सहभागितामा स्थापना दिवस मनाएको हो ।
    स्थापना दिवसको अवसरमा जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको जेसीआई सिद्धार्थ लेडी नेपालले जनाएको छ ।
    कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै कक्षा १२ मा अध्ययनरत छात्रा सुनम सुनुवारलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
    २४ वर्ष पछि आफ्नो अध्ययनलाई निरन्तरता दिई २०८० को एसइईमा उत्कष्ट नतिजा ल्याइ उत्र्तीण हुने सिद्धार्थ जेसीआई लेडी नेपालकी सदस्य बिमला बेलबासेलाई पनि सम्मान गरिएको छ ।


    संस्थाकी अध्यक्ष किसन तिवारी दाहालले २८ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सिद्धार्थ जेसीआई लेडी सामाजिक क्षेत्रमा संस्थाले खेलेको भुमिकाका विषयमा जानाकारी दिनुभएको थियो ।
    जेसीआई सिद्धार्थ लेडीले यो वर्ष सिद्धार्थ बालगृहमा खाद्यन्न वितरण, प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्जवलन, लोम अफिसर टे«डिङ, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अशक्त बिरामी र एकल महिलालाई आर्थिक सहयोग, टा«फिक तथा लागू औषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम जस्ता विभिन्न सामाजिक कार्यक्रम गरेको अध्यक्ष किसन तिवारीले जानाकारी दिनुभएको थियो ।
    प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले २८औँ स्थापना दिवसको शुभकामना दिदै सिद्धार्थ जेसीआई लेडीले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले सिद्धार्थ महिला जेसिजले महिलाहरुको नेतृत्व विकासमा नयाँ आयाम थपेको भन्दै आगामी दिनमा पनि शसक्त भएर लाग्न आग्रह गर्नुभयो ।


    २८ औँ वर्ष पार गर्दै गर्दा यस संस्थाले विभिन्न व्यक्तिहरुको व्यक्तित्व विकास तथा सामाजिक क्षेत्रमा गरेका कार्यहरुको विषयमा संस्थाका पूर्व अध्यक्ष बिनिता श्रेष्ठले जानकारी दिनुभएको थियो ।
    उहाँले यो संस्थालाई स्थापित गर्नका लागि कठिन संघर्ष गर्नुपरेको भन्दै संस्थाका नयाँ पदाधिकारीहरुले यस प्रति ध्यान दिन आग्रह गर्नुभयो ।
    १८ वर्ष देखि ४० वर्ष सम्मका महिला तथा पुरुषहरु सहभागी जेसिज नेतृत्व तथा क्षमता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था भएकाले निस्वार्थहरु लाग्नेहरुले सामाजिक क्षेत्रमा सफलता पाउने स्थापना दिवसमा बोल्नेहरुले बताएका थिए ।
    जेसीआई सिद्धार्थ लेडीले पनि महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलको देखिन्छ ।
    चुलो चौकामा सिमित भएका महिलाहरुलाई जेसीआई सिद्धार्थ लेडीको स्थापना पश्चात सामाजिक क्षेत्रमा क्रियाशिल बनाएको छ ।
    जिल्ला सदमुकाम भैरहवामा कार्यालय रहेको यो संस्थाले यहाँका सरकारी कार्यालय, स्थानीय संघ संस्था, समाजिक अभियान्ता र व्यापार व्यवसायी गर्ने व्यक्तित्वहरु संगको सहकार्यमा सामाजिक कामहरु गर्ने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.