रुबिना थापा मगर । लुम्बिनीखबर
डेस्क, साउन १३ । मायादेवी गापा ३ र ४ नं. वडा को गुण्डी गाउँमा भारतबाट तस्करी गरी गोदाममा राखिएको ५३ बोरा चिनी स्थानीय जनताले बरामद गरी प्रहरीलाई बुझाएका छन् ।
स्थानीयले तस्करहरुले नियमितरुपमा अवैध कारोबार गरीरहेको खबर प्रहरीलाई गरेपनि प्रहरीले वेवास्ता गरेको आरोप लगाएका छन् । प्रहरीको मिलोमतमा यस क्षेत्रमा व्यापक तस्कर हुने गरेको लुम्बिनीखबरका प्रतिनिधि अञ्जना चौहानले जानकारी दिनु भएको छ । तस्करीको विषयमा प्रहरीलाई जानकारी दिँदा बेवास्ता गर्ने गरेको र तस्करलाई तस्करीमा सहयोग पु¥याएको स्थानीयले बताएका छन् ।
मर्चवार क्षेत्रबाट अहिले दैनिकरुपमा तस्करी हुने गरेको पत्रकार असलम खानले जानकारी दिए । रिपोर्टिङ्गका क्रममा सिमा क्षेत्रमा पुग्दा ब्यापकरुपमा तस्करी हुने गरेको खानको भनाई रहेको छ ।