logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जनउत्थान सकोसको विशेष सदस्यहरुसँग अन्तक्रिया कार्यक्रम


    ३ असोज २०८१ , बिहिबार

    जनउत्थान सकोसको विशेष सदस्यहरुसँग अन्तक्रिया कार्यक्रम

    रुबिना थापा । लुम्बिनीखबर
    मायादेवी, २ असोज । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औँ वार्षिक साधारण सभा–२०८१ का लागि मंगलवार एक कार्यक्रमको आयोजना गरि विशेष सदस्यहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    वि.स २०५९ सालमा स्थापना भएको जनउत्थान सकोसले १९औं वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । पाँच जना चेतनशील युवाहरुको औपचारिक छलफलबाट सहकारी संचालन गरिएको सहकारी हाल नमुना सहकारीको रुपमा स्थापित भएको छ ।
    सहकारी संस्था संचालन गर्ने उद्देश्यले २०५९ सालमा ३१ जनाबाट एक÷एक सय जुटाएर सुरुवात गरेको बाग्लङ सामुदायिक संस्थाबाट सुरु भएको हो ।
    पाँच जना व्यक्तिको विचारवाट उव्जेको सहकारीले रुपन्देही जिल्लामा हाल १० वटा पहुँच सेवा केन्द्रहरु बनाई ८७ जना कर्मचारी र ४० हजार भन्दा बढी शेयर सदस्यहरु बनाउन सफल भएको छ । यस सहकारीले भैरहवा, कोटिहवा, लुम्बिनी, मणिग्राम, ठूठीपिपल, रुद्रपुर, तामनगर, बुटवल, सुर्जगञ्ज , मुर्गिया लगायतका ठाउँहरुमा आफना सेवा केन्द्र स्थापना गरि सेवा प्रवाह गर्दै आइरहेको छ ।
    यस सहकारीको कुल सम्पत्ति ३ अरब ७९ करोड ४७ लाख ४४ हजार ८ सय ४५ रहेको छ भने शेयर पुजी २९ करोड ५५ लाख ७७ हजार ४ सय शेयर पूँजी रहेको सहकारीका व्यवस्थापक रनबहादुर थापाले जानकारी दिनुभयो ।
    त्यसैगरि सहकारीको बचत संकलन ३ अरब ३ करोड ७० लाख ३६ हजार ६ सय ३ रहेको छ । लगानीमा रहेको ऋण २ अरब ९३ करोड ५१ लाख २९ हजार ९ सय ९९, जगेडा कोष ३३ करोड ५५ लाख ५४ हजार ९ सय ७३ रहेको छ । शुद्ध बचत ११ करोड १८ लाख १२ हजार ४ सय ३१ रहेको छ ।
    एशियन कन्फेडेरेसन अफ ग्रिडिट युनियन मार्फत जनउत्थान सकोसलाई नेपालबाट एक मात्र सहकारी जनउत्थान सकोसले ब्रोन्ज ब्राण्ड प्राप्त गर्न सफल भएको व्यवस्थापक थापाले बताउनुभयो ।
    स्थापना कालदेखि सहकारीले आफनो मर्म र उद्देश्य अनुसार विभिन्न किसिमका योजना बनाई सफतापूर्वक काम गर्दै आएको छ । सकोसले विभिन्न प्रकारका बचत, कर्जा, ऋण तथा सेवाहरु दिदैं आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.