logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    माछापुच्छ्रे कपः देवदहलाई ०–१ ले पराजित गर्दै फर्साटिकर च्याम्पियन


    ३१ चैत्र २०८१ , आइतबार

    माछापुच्छ्रे कपः देवदहलाई ०–१ ले पराजित गर्दै फर्साटिकर च्याम्पियन

    गुरुङ्ग बिशन


    भैरहवा, चैत्र ३१ । माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ‘३०औं माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत फाइनल खेलमा फर्साटिकर फुटबल क्लब, फर्साटिकरले उपाधि जितेको छ। फाइनल खेल भैरहवा कृषि क्याम्पसको खेल मैदानमा भएको हो।

    प्रतियोगिताको उद्घाटन सिद्धार्थनगरका पूर्व नगर प्रमुख हरि अधिकारीले गरेका थिए। फाइनल भिडन्तमा फर्साटिकरले देवदह फुटबल क्लब, देवदहलाई ०–१ गोल अन्तरले पराजित गर्दै विजेता उपाधि हात पा¥यो। ४०–४० मिनेटको निर्धारित समयको खेलमा दुबै टोलीबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको थियो। दोस्रो हाफको ३०औं मिनेटमा फर्साटिकरका जर्सी नं. १८ का आकाश बुढा मगरले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, जुन गोल नै जितको आधार बन्यो।

    बिजेता बनेको फर्साटिकर फुटबल क्लबले नगद रु २ लाख, ट्रफी, मेडल, कप र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता देवदह फुटबल क्लबले नगद रु १ लाखसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र प्राप्त ग¥यो। व्यक्तिगत प्रदर्शनतर्फ निर्णायक गोलकर्ता आकाश बुढा मगर ‘म्यान अफ द म्याच’ र ‘बेस्ट मिडफिल्डर’ दुवै घोषित भए। उनलाई मेडल, ट्रफी र नगद रु ५ हजार ५ सय पाँच रुपैया प्रदान गरिएको थियो।

    यस्तै, फर्साटिकरकै शुभांकर जि.सी. ‘बेस्ट गोलरक्षक’ घोषित भए भने गणेश हमाल ‘बेस्ट फर्वार्ड’ बने। दुबैलाई मेडल, ट्रफी र नगद रु. ४ हजार पाँच रुपैया प्रदान गरिएको थियो। उपविजेता टिमका बिकास राई ‘बेस्ट डिफेण्डर’ घोषित भए र निरबहादुर थापा ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भई ट्रफीसहित नगद रु. ८ हजार ५ रुपैयाँबाट सम्मानित भए।

    समारोहको सञ्चालन प्रशान्तमणि रामदमले गरेका थिए । निर्णायक रेफ्री टोलीमा अमर पुन, बबी छन्त्याल, रुपेन गुरुङ, सागर शाही ठकुरी, अर्जुन गुरुङ र राहुल थापा रहेका थिए । विजेता टिमलाई नगर प्रमुख खान र क्लब अध्यक्ष थापाले पुरस्कार प्रदान गरेका थिए भने उपविजेता टिमलाई पूर्व नगर प्रमुख अधिकारीले पुरस्कार वितरण गरेका थिए।

    क्लब अध्यक्ष युवराज थापाले कृषि क्याम्पसको मैदान व्यवस्थित बनाउन सके खेल सञ्चालनमा अझ सहज हुने भन्दै आगामी संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे। नगर प्रमुख खानले पनि खेलप्रेमी, रेफ्री र सहभागी टिमलाई धन्यवाद दिँदै निष्पक्षता कायम राख्दै यस्तै प्रतियोगिता सफल बनाउन शुभकामना दिएका थिए।

    समापन समारोह माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, विशिष्ट अतिथि पूर्व नगर प्रमुख हरि अधिकारी, वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नं. १३ का अध्यक्ष सोम बहादुर गुरुङ तथा कृषि क्याम्पसका प्रमुख जन्मजय गैरे लगायतको उपस्थिति रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.