लुम्बिनीखबर
भैरहवा , १० कात्तिक । रुपन्देही प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका रु. दुई लाख ७४ हजार १४३ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमवार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा उक्त मूल्यका सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाका विभिन्न स्थानबाट मोइस्चराइजर, फेसवास, फेस टोनर, किराना सामान तथा मेसिनरी पार्टपुर्जा बरामद गरिएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी चन्पद्रकिशोर शाहले जानकारी दिनुभयो ।