logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चीन विरोधी गतिविधि हुँदै गर्दा सरकारले लियो ‘एक्सन’


    २३ असार २०७३ , बिहिबार

    चीन विरोधी गतिविधि हुँदै गर्दा सरकारले लियो ‘एक्सन’

    केल्साङसहित २४ तिब्बती प्रहरीद्वारा पक्राउ
    काठमाडौं, असार । नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमतिबेगर जन्मोत्सब मनाएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनको कार्यक्रम बिथोलिएको छ ।
    प्रहरी हस्तक्षेपपछि बौद्धस्थित स्रोङचेन आवासिय विद्यालय परिसरमा लामाको ८१ औँ जन्मदिन मनाउन बुधवार भेला भएका झन्डै तीन हजार समर्थक आक्रोशित हुँदै फर्किएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
    बौद्ध सेटलमेन्टका अधिकृत केल्साङसहित २४ तिब्बतीलाई प्रहरीले पक्राउ गरेको थियो ।
    लामाका समर्थकले उक्त विद्यालय परिसरमा स्टेज बनाई सांस्कृतिक लगायत विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए ।
    काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनुमतिबिना कार्यक्रम गरेकाले रोक्न निर्देशन दिएको बताए ।
    ‘प्रशासनले उनीहरुलाई कार्यक्रम गर्ने अनुमति दिएको छैन’, सुवेदीले भने, ‘दलाई लामाको जन्मोत्सव मनाउन कसरी अनुमति दिन मिल्छ ? जबरजस्ती गर्न खोजेपछि हामीले रोक लगाएका हौं ।’
    जिल्ला प्रशासनले अनुमति नदिएपछि मंगलबारदेखि नै प्रहरीले सम्भावित कार्यक्रम स्थलको निगरानी गरेको स्रोतले बताएको छ ।
    दलाई लामाका अनुयायीलाई प्रहरीले कार्यक्रम नगर्न भनेपछि केहीबेर विद्यालय परिसर तनाबग्रस्त भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.