logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    श्रीराम नरेशको ६६ औं जन्मोत्सव


    २ असोज २०७८ , शनिबार

    श्रीराम नरेशको ६६ औं जन्मोत्सव

    पशुपति यादव
    धकधई । रोहिणीमा सञचालित श्रीराम नरेश आदर्श नमुना मा.वि. स्वामी नगरले कोभिडका कारणले फरक ढंगले विद्यालयको जन्मोत्सव मनाएको छ । २०१३ साल आश्विन १ गते स्थापना भएको दिन पारेर विद्यालयको ६६ औं वार्षिक जन्मोत्सव दिप प्रज्वलन गरि मनाएको र प्राविधिक धार सिभिल इन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुलाई रोहिणी गाउँपालिकाको सौजन्यमा पोशाक वितरण गरि कार्यक्रम सम्पन्न भएको विद्यालयका प्राचार्य रामसुरेश बर्माले जानकारी दिए ।

    विद्यालयको ६६ औं वार्षिक जन्मदिनको अवसरमा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सिकाइमा सहजीकरण गर्न ल्यापटप तथा शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको बताए । उनले विद्यार्थीहरु भविष्यका कर्णधार भएकोले विद्यार्थी र अभिभावकको चाहाना र समय अनुसारको प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरि प्राविधिक धार सञ्चालनमा ल्याइएको बताए ।

    अहिले विद्यार्थीहरु आफ्नै घरआगनमा समयअनुकुलको प्राविधिक धारका शिक्षाबाट लाभान्वित भएका छन’, उनले भने ।
    त्यस्तै प्राविधिक धारतर्फ सञ्चालनमा आएको सिभिल इन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुले लगनशिलताका साथ पठनपाठनमा रुचि राखि अध्यनशिलतामा विशेष जोड दिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

    विद्यालयका पुर्व प्राचार्य तथा वर्तमानको विशिष्ट सल्लाहकार तारानाथ त्रिपाठीले शैक्षिक क्षेत्रलाई अहिलेको समय अनुसारमा बदल्नु पर्ने आवश्यकता रहेको बताए । ‘शिक्षा बिनाको विकास असम्भव छ त्यसैले अरु क्षेत्रभन्दा पनि शिक्षाक्षेत्रमा बढी लगानी गर्नुपर्ने देखिन्छ’, उनले थपे ।

    विशिष्ट सलाहकार गनपत गुप्ता, विद्यालय व्यवस्थापन समिति सदस्य महेश कँहार, प्रेमा कँहार, शान्तिदेवी कुर्मी, शिक्षक प्रतिनिधि मुरलीमनोहर सिंह लगायतको उपस्थिति रहेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीको अध्यक्षता, प्राचार्य रामसुरेश बर्माको स्वागत तथा शिक्षक विरेन्द्र प्रसाद गौडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.