logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आत्मनिर्भर बनौ (सम्पादकीय)


    २७ माघ २०७८ , बिहिबार

    आत्मनिर्भर बनौ  (सम्पादकीय)

    नेपाल संसारमा प्रकृती सुन्दरता र भौगोलिक विविधता भएको देश हो । यहाँ सामाजिक संरचनामा समेत विविधता पाइन्छ । जातिय तथा भुगोल र सामाजिक विविधताका कारण यहाँको सुन्दरतामा नयाँ आयाम थपेको छ । हिमाल, पहाड, तराई क्षेत्र मिलेर बनेको नेपाल सुन्दरताले थपक्कै बलेको छ । भौगोलिक रुपमा सुन्दरता भएपनि यो देशमा आर्थिक उन्नती र विकासको गति भने सोचे जस्तो हुन सकेको छैन् । जम्मा २ करोड ९१ लाख भन्दा केहि बढि जनसख्या भएको यो देशमा देशको मुख्य र योग्य २१ लाख जनशक्ती बैदेशिक रोजगारका लागि विदेश पलायन भएको सरकारी आकाडाँमा देखिन्छ । देशको मुख्य र युवा जनशक्ती बिदेशीदा नेपालमा कृषि, पर्यटन, विकास निर्माण र उद्योग क्षेत्रमा कामगर्ने जनशक्तीमा कमी रहेको छ । कृषि र पर्यटन क्षेत्रमा ठुलो आर्थिक उन्नती गर्न सक्ने नेपालमा जनशक्तीको अभाव रहेको छ । कृषिलाई मुख्य देशको मेरुदण्डको रुपमा राज्यले नीति निर्माण गरेपनि व्यवहारमा लागु हुन सकेको देखिदैन । पर्यटन क्षेत्रको धेरै सम्भावना भएपनि राज्यको पर्यटन भित्राउने रणनीति कमजोर देखिएको छ । नेपालमा सञ्चालि उद्योग कलकारखानाहरुले विदेशी उत्पादन संग प्रतिस्पर्धा गर्न नसकेर सञ्चालनमा समस्या भएको देखिन्छ । देशमा उत्पादन भएका जनशक्ती विदेशीने र दैनिक उपभोग्य बस्तु समेत विदेशी उत्पादन प्रयोग गर्न बाध्य नेपालीले नयाँ सोचका साथ अगाडी बढ्न नसक्ने हो भने देशले उन्नती र आर्थिक विकासमा फड्को मार्न कठिन देखिन्छ । देशमा रहेको कृषि उत्पादनमा समेत राज्यको ध्यान गएको देखिदैन् । कृषि क्षेत्रको पहिचान र उत्पादनमा प्रयोग गर्ने तथा जनशक्तीलाई विदेश पठाउन भन्दा स्वदेशमा आत्मनिर्भर बनाउनु पर्दछ । जनशक्तीलाई स्वदेशमा कर्मशिल बनाई उत्पादन संग जोड्नु देशको आवश्यकता हो । नेपालले युवालाई रोजगारको लागि बिदेशमा पठाउन रोकेर उनिहरुले उत्पादन गरेका उत्पादनहरु बिदेशमा बिक्री गर्ने बातावरण बनाउनु पर्दछ । युवाहरुलाई रोजगारमुखी बनाई उनिहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन सके नेपालले केहि बर्षमा आर्थिक विकासलाई संस्थागत गर्ने थियो । देशलाई राजनीतिक स्थायित्व र दक्षजनशक्ती उत्पादनमा जोड दिदै आर्थिक क्षेत्रलाई अगाडी बढाउने हो भने नेपालले संसारमा नुमना देशको रुपमा पहिचान बनाउन सक्ने देखिन्छ । कृषि, पर्यटन र जलस्रोतको विकास तथा विस्तार मात्र गरेपनि नेपालले संसारलाई आफ्ना उत्पादन बिक्री गरेर सपन्न देशको दर्जामा पुग्न सक्दछ । यसका लागि देशको राजनीतिक समन्त्र इमानदार हुनु आवश्यक छ । राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक समेत जनता र देश प्रति सर्मपित हुने हो भने नेपालले स्वरोजगारमुखी जनशक्तीको उत्पादन र प्रयोग गरि आर्थिक उन्नती गर्ने छ । देशको परनिर्भर अर्थनीति तथा रेमिट्यान्स र बैदेशिक रिर्णलाई देशको मुख्य नीति बनाउन रोकेर उत्पादन संग जोड्ने प्रयासमा हामी लाग्ने हो भने नेपाल सवल अर्थतन्त्रको मार्ग उक्लीने थियो । यसमा राज्यको नेतृत्व लाग्नु पर्दछ । राज्यको संस्थागत विकास र बेरोजगार दक्षजनशक्तीलाई रोजगारीमुखी बनाउदै उत्पादनमुलक क्षेत्रको विकास नेपालको आवश्यकता हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.