कमल रायमाझी
तराईका जिल्लामा उखरमाउलौ गर्मी बढेको छ । गर्मीले गर्दा मानिसहरुको दैनिक जीवन संचालन गर्न पनि कठिन बनेको देखिन्छ । बढ्दो गर्मीले मानिसलाई अत्याएको छ । ग्लोबल वार्मिङले गर्दा बर्सेनी गर्मी बढ्ने क्रममा छ । तराईका जिल्लामा मात्र नभएर पहाडी क्षेत्रमा पनि अचेल गर्मी हुने गरेको छ । यो बार्षिक रुपमा बढ्ने गरेको छ । यसबाट बाँच्नका लागि मानिसहरुले विभिन्न विकल्पहरु सदुपयोग गर्ने गरेका छन् । मुख्यतया गर्मीको प्रभावबाट बाँच्न आहारविहार, जीवनशैलीमा सकारात्मक परिवर्तन हुनु जरुरी छ । तापक्रम अनुसार भोजन र जीवन शैली परिवर्तन गर्नु पर्दछ । यो समयमा लुह लाग्ने सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि यो मौसममा तापक्रम बढ्दा शरीरमा तापक्रम बृद्धि हुने हुदाँ सचेत हुन आग्रह गर्ने गरेको छ । तापक्रम अनुसार शरीरले आफुलाई ठीक ढंगले नियन्त्रण गर्ने गर्दछ । यो नहुदाँ मानिसहरुमा बिरामी तथा मृत्यु समेत हुने गरेको छ । यसैले गर्मीबाट बाँच्नका लागि सम्भव भए सम्म गर्मीबाट जोगिनुपर्ने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । गर्मीको समयमा प्रशस्त मात्रामा पानी पिउने बानी उत्तम हो । गर्मीको समयमा मानिसलाई ह्रदय गति तीव्र हुने, श्वासप्रश्वास, रक्तचापमा समस्या, अचेत हुने, छालामा सुक्खा, टाउको अत्यधिक दुख्न सक्ने विशेषज्ञहरुले सुझाव दिने गरेको छ । गर्मीको समयमा फलफुल, जुस, पानी तथा तरल पदार्थ अत्यधिकमात्रामा पिउनु पर्दछ । चिसो तथा पेय पदार्थ सेवन नगर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् । अत्यधिक गर्मी भएको बेलामा घर बाहिर कम निस्कने तथा व्यायाम गर्नमा पनि कमी गर्नुपर्दछ । गर्मीको समयमा शिशु, स–साना बालबालिका, बृद्धबृद्धाहरु, मुटुरोग, उच्च रक्तचाप भएका विरामीहरुलाई बढि जोखिम हुने गर्दछ । यो मौसममा तातो हावा चल्ने तथा धुलो उड्ने समस्या हुने गर्दछ । गर्मी मौसममा डढेलो लाग्ने क्रमपनि बार्षिक रुपमा बढ्दो छ । ग्लोबल वार्मिङले गर्दा विश्वमा अहिले तापक्रम बढ्ने क्रम छ । यसको न्यूनीकरणका लागि पहल गर्नु पर्दछ । गर्मीको समयमा शरीर ढाक्ने कपडा लगानु पर्दछ । एकदमै गर्मी भएको बेला चिसो पिउनु हुदैन । टन्सिल हुने, उच्च रक्तचाप हुने सम्भावना देखिन्छ । तातोबाट आएर एकै पटक एसीमा बस्नुपनि शरीरका लागि हानिकारक मानिन्छ । पसिना सुकाउने, नुहाउने र मात्र एसीमा बस्नुपर्ने हुन्छ । गर्मीको पसिना आएर शरीरमा रहेको गुलकोज, भिटामिन, नुन, पोटासियम सवै बाहिर जान्छ , त्यसलाई परिपुर्ती गर्न पानी निकै पिउनुपर्ने हुन्छ । पानीका साथसाथै जुस र झोलिलो पदार्थ पिउनु पर्दछ । दैनिक ३ देखि ४ लिटर पानी पिउनु पर्दछ । गर्मीमा चियाकफी कम सेवन गर्ने र जुस, दही, लस्सी, सातु, कागमतीपानी, वेल सर्वत, नरिवलपानी, उखुको रस खानु राम्रो मानिन्छ । गर्मीको समयमा ग्लुकोज, जिवनजल , पुदिनाले पनि शरीरलाई फाइदा गर्दछ । गर्मीबाट आउने बित्तिकै फ्रिजको पानी पिउनु हुदैन । शरीरलाई तापक्रम अनुसार राख्नका लागि यी बिषयहरु महत्वपुर्ण रहेको स्वस्थ्य विशेषज्ञहरुको सुझाव रहेको छ । नेपालमा पहिल्लो समयमा गर्मी बढ्ने क्रम बढ्दो छ । तर राज्य यसको न्यूनिकरणका लागि योजनाबद्ध रुपमा अगाडी बढेको देखिदैन । बनजंगलको संरक्षण तथा वातावरणलाई सन्तुलनमा राख्नका लागि स्थानीय सरकारहरुले पनि पहल गर्नुपर्ने देखिन्छ । नत्र संसारमा उद्योग तथा कलकारखाना सञ्चालनको होडबाजीले गर्दा नेपाल जस्ता गरिब देशहरुमा ग्लोबल वार्मिङको समस्या बढ्दो रुपमा हुने देखिन्छ । यसको न्यूनिकरणका लागि नेपाल सक्षम हुनुपर्दछ । जसबाट यहाँका नागरिकले पनि सहज वातावरणको उपयोग गर्न पाउने छन् ।