logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सञ्चारिका समूह रुपन्देहीको तीज मिलन


    २६ भाद्र २०८० , मंगलबार

    सञ्चारिका समूह रुपन्देहीको तीज मिलन

    रुविना थापा
    मायादेवी, २६ भदौ । सञ्चारिका समूह रुपन्देहीले महिला पत्रकारहरुलाई एक कार्यक्रम गरी तीज मिलन तथा दर खाने कार्यक्रम आइतबार बुटवलमा सम्पन्न गरेको छ ।

    आइतबार बुटवलमा भएको कार्यक्रममा सञ्चारिका समूहमा आवद्ध जिल्लाभरका महिला सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । समूहकी रुपन्देही अध्यक्ष निरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा तीज गीत गाएर मनोरञ्जन गरिएको थियो । कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले सञ्चारक्षेत्रमा सधै व्यस्त हुने हाम्रा महिला दिदीबहिनीहरुले यस्ता कार्यक्रम मार्फत पुराना भाका, कला संस्कृतिलाई बचाई राख्न आवश्यक रहेको बताइन् ।


    कार्यक्रममा अध्यक्ष गौतमले तीजगीत मार्फत समाज रुपान्तरणमा सहयोग पुगेको भन्दै माइतीलाई सम्झने, श्रीमानलाई आदर सम्मान गर्ने जस्ता मार्मिक गीतहरुले समाजलाई जोड्ने काम गरेका बताइन् ।

    “घर पनि, नरोइ नरोइ खाए आमा राती दर पनि, हाम्रा राजाले के जानेका छन् ।” भन्ने गीत गाउँदै महिला सञ्चारकर्मीहरुले समाजको यर्थात चित्रण गरेको सञ्चारीका समूह रुपन्देहीले जनाएको छ ।

    “अङ्ग्रेजी राजाले सडकमा रेल गुडाए, मखमली चोली मेरा मेसिनले सिउने बरी लै, सौता माथि दियौं बाबा ।” भन्ने भाकाका गीतहरु गाउँदै महिला सञ्चारकर्मीहरुले आपसमा दुःख, सुखका गीतहरु गाएको सहभागीहरुले जनाएका छन् ।
    सञ्चारिका समूह रुपन्देहीकी सदस्य विष्णु खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सञ्चारक्षेत्रमा काम गर्दा महिलाहरुलाई अवसर र चुनौती दुबै रहेको भन्दै इमानदार र सचेतपूर्वक काम गर्न आवश्यक रहेको सन्देश दिन खोजिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.