logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सीमा क्षेत्रका व्यवसायीलाई सि.उ.वा.संघको सधैँ सहयोग


    १९ फाल्गुन २०८० , शनिबार

    सीमा क्षेत्रका व्यवसायीलाई सि.उ.वा.संघको सधैँ सहयोग
    • व्यापार व्यवसाय कस्तो छ, यहाँले हाल व्यापार व्यवसाय कस्ताो चलाईराख्नुभएको छ ?

    व्यापाार व्यवसायको अवस्थाको भन्नुपर्दा पहिलाको भन्दा कमजोर देखिएको छ । अब यो कमजोरी कम्पनीवाट भएको हो कि अन्य कुनै स्रोतबाट भएको हो भन्ने विषयमा कुरा खुलेको देखिदैन्  । व्यापारको मुख्य स्रोत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । त्यो पनि राम्रो संग नियमित संचालन आएको देखिदैन्  । लगानी अनुसारको व्यवसाय नहुदाँ कतावाट निस्कासन गर्ने चिन्तामा रहेको छौं । व्यापारीहरुले नाफा कम भएपनि विक्रि वितरण बढेमा व्यापारमा सुधार हुन्छ । हाम्रो सोच यस्तै रहेको छ । यस विषयमा राज्यको पहल भएमा केही सुधार हुने विश्वास छ । आफूले व्यापारका निम्ति धेरैजसो सामान छिमेकी राष्ट्र भारतवाट आयात गरेको छु ।

    • सिमा क्षेत्रमा गर्ने व्यापारको समस्या के कस्ता देख्नुभएको छ ?

    सीमा क्षेत्रमा पर्ने ३ देखि ४ किलो मिटर सम्मका चिनी र खाद्य सामग्रीहरु भारतवाट आएको देखिन्छ । कुनै वेला राम्रो हुन्छ भन्ने आशमा रहेका छौं । अहिले सीमा क्षेत्रको अवस्था अत्यन्तै कमजोर रहेको छ । त्यो कमजोरी कुनै वेला उजागर हुन्छ भन्ने विश्वास रहेको छ ।

    • यहाँ नेपाल भारत मैत्री संघको अध्यक्ष पनि हुनुहुन्छ, त्यस नेपाल र भारतको व्यापारिकरणमा के कस्तो समस्या देख्नुभएको छ ? यसको सुधार गर्नको लागि के के गर्नुपर्दछ ? सिद्धार्थ उद्योग वाणिज्य संघले वेलहिया क्षेत्रका व्यापारीहरुका लागि के कसरी सहयोग पुर्याएको छ ?

    नेपाल भारत मैत्रीसंगले यात्रुहरुलाई समस्या नहोस भन्ने आफू सहित २१ जनाको समिति रहेको छ । आफूहरुको व्यापारमा सरकारले निगरानी गर्यो भने र कलकारखाना तथाा उद्योगधन्दा संचालनमा ल्याईदियो भने विदेशमा धाउनुपर्ने वाध्यता हुदैन्थ्यो । यात्रुहरुलाई समस्या नपरोस भन्ने विषयमा जब मैत्री संघ थिएन् त्यस समयमा यात्रुहरुलाई बढी समस्या हुने गथ्र्यो तर अहिले संघको स्थापनादेखि त्यो सीमाको समस्या नरहको र अत्यन्तै सहज भएको छ । सरकारले युवाहरुको लागि स्वरोजगारको विषयमा थोरै ध्यान दियो भने उद्योगी व्यापारीहरुलाई सजिलो हुन्थ्यो र पलायन हुने समस्या समाधान हुन्थ्यो । आफनै जन्मभूमिलाई कर्मभूमिको बनाउने आफनो सोच रहेको छ ।

    नेपालमा कतियप कलकारखानाहरु बन्द अवस्थामा रहेको र खुलेको उद्योग धन्दा तथा कलकारखानाहरु सही र उचित ठाउँमा भएको भए यहाँका जनताहरु आफनै देशमा काम गर्न पाउथे र आफनो परिवारसंग बस्थे देशको उन्नती र प्रगतिमा टेवा पुर्याउथे । सिद्धार्थ उद्योग बाणिज्य संघले सीमाक्षेत्रका व्यवसायीहरुलाई सधै सकारात्मक सहयोग पुराएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.