logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थ उद्योग वाणिज्य संघको दशैं सस्तो बजार


    १ कार्तिक २०८० , बुधबार

    सिद्धार्थ उद्योग वाणिज्य संघको दशैं सस्तो बजार

    भैरहवा, १ कार्तिक । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आइतबारदेखि भैरहवामा दशैं सस्तो बजार–२०८० सुरु भएको छ । ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ सुरु भएको सस्तो बजार कार्तिक ३ गते सम्म सञ्चालन हुने संघले जनाएको छ । सिद्धार्थनगर वडा नं.१२ कालिकापथ स्थित संघ परिसरमा सञ्चालन भैरहेको छ ।
    ‘६ दिनसम्म दशैं सस्तो बजारले आर्थिक चलायमान हुने, स्वदेशी उद्योगी व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभरुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त हुने सिद्धार्थ उद्योग बाणिज्य संघले जनाएको छ ।
    विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने दशैं बजारमा दैनिक उपभोग्य खाद्यान्न, जुत्ता, चप्पल, घरेलु उत्पादन, खाजा घर, दुईपांग्रे अटोमोबाईलसहितका स्टलहरु रहेको आयोजकले जनाएका छन् । भैरहवा बजारमा स्थानीय क्षेत्रबाट करिब १५ हजार उपभोक्ता तथा अवलोकनकर्ता आउने र करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबर हुने सिद्धार्थ उद्योग वाणिज्य संघको अपेक्षा छ ।


    सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलोपटक वि.सं. २०५८ साल कार्तिक १ देखि ६ गतेसम्म भैरहवा नमूना उच्च माध्यमिक विद्यालय परिसरमा दशैं बजार, कार्तिक २४ देखि २६ गतेसम्म संघ परिसरमा तिहार बजार सञ्चालन गरेको थियो । त्यस्तै दोस्रोपटक वि.सं. २०५९ साल असोज २१ देखि २६ गतेसम्म र तेस्रोपटक वि.सं. २०७९ साल असोज ११ देखि १४ गतेसम्म संघ परिसरमा दशैं बजार सञ्चालन गरेको थियो । यस क्षेत्रमा नीजि क्षेत्रको पुरानो र ठूलो संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले यहाँका उपभोक्ता र व्यवसायीको पक्षमा सधै काम गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.