logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनी दर्शन गर्न थाइल्याण्डको पहिलो चाटर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा


    १७ कार्तिक २०८० , शुक्रबार

    लुम्बिनी दर्शन गर्न थाइल्याण्डको पहिलो चाटर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

    भैरहवा, कार्तिक १७ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा थाई विमानले चार्टर्ड उडान गरेको छ । एम–एलसिएफसी कल साइन भएको रेको.लिमिटेड थाईल्याण्डको चार्टर्ड विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । थाइल्याण्डको राजधानी बैंककबाट उडान गरी शुक्रबार विहान ९ बजे यो विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले जनाएको छ ।

    थाईल्याण्डबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने यो पहिलो थाई विमान भएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित १७ यात्रु गरी कुल २१ जना सवार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा प्रमुख हंसराज पाण्डेले जानकारी दिनुभयो । उहाँले संसारभर रहेको ५३ मिलियन बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा आउन सबै आतुर रहेकाले यो विमानस्थलले सहयोग पु¥याउने बताउनुभयो ।

    आज आएको थाई विमान थाईल्याण्डबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने पहिलो विमान भएकाले आगामी दिनमा दैनिक थपिने अपेक्षा आफूहरुको रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । महामानव गौतमबुद्ध लुम्बिनीमा रहेको थाई गुम्बामा कठिन दान गर्नका लागि थाईल्याण्डको एक व्यापारिक समूहले विमान चार्टर्ड गरी थाई गुम्बा लुम्बिनीमा आएको पर्यटन क्षेत्रमा उर्जा थएिको पर्यटन व्यवसायी सचिन्द्र खड्कीले जानकारी दिनुभयाे । उहाँले थाई विमानसंगै विश्वभरका धेरै पर्यटकहरु अब चार्टर्ड विमान मार्फत लुम्बिनी आउन आतुर रहेकाले नेपाल सरकारले सहयोग पु¥याउनुपर्ने बताउनुभयो । लुम्बिनीमा आउने पर्यटकलाई सिद्धार्थनगरमा भित्राउनका लागि सिद्धार्थनगर नगरपालिकाले सधै सकारात्मक पहल गरिरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तिायाक अहमद खानले बताउनुभयो ।

    उहाँले बौद्ध धर्मालम्बी र भारतीय पर्यटकहरुको केन्द्र भैरहवा र लुम्बिनीमा बनाउने योजनाका साथ सिद्धार्थनगरपालीकाले काम गरिरहेको नगरप्रमुख खानले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसके पनि कहिलेकाही हुने चार्टर्ड उडानले पर्यटनक्षेत्रमा उभार आउने अपेक्षा गरिएको छ । यस्ता चार्टर्ड उडानका साथै अन्तर्राष्ट्रिय उडान नियमित हुन जरुरी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.