रोहिणी, २७ चैत । जिल्लाको ओमसतिया गाउँपालिकामा विकास सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । चैत २७ र २८ गते सञ्चालन भएको सचेतना मुलक कार्यक्रममा पालिकाका १५० जना भन्दा बढि स्थानीयहरुको सहभागीता रहेको थियो । लुम्बिनी खबर मिडिया क्लबको सहकार्य र वडा नं. ६ को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न बिकास र बस्ती रुपान्तरणमा सम्बन्धी अभिमुखी कार्यक्रम भएको थियो । कार्यक्रममा काठमान्डौँ महानगरपालिकाका नगरप्रमुख बालेल शाहका प्राबिधिक सल्लाहकार ई. जिबन अर्यालको बिकास सचेतना मुलक प्रशिक्षण, समाजिक अभियान्ता पशुपती यादवको समाज रुपान्तरण सम्बन्धी प्रशिक्षण भएको ओमसतिया गाउँपालिकाकको कार्यलयले जनाएको छ । वडा नं. ६ का वडा अध्यक्ष शिब कुमार धवल, वडा सदस्यहरु पार्वती चौधरी, झपेन्द्र यादव, शारदा हरिजन र राजु कोहारको उपस्थित रहेको थियो । कार्यक्रममा ओमसतिया वडा नं. ६ लगायतका स्थानीयहरुको सहभागिता थियो । लुम्बिनी खबर मिडिया खबरका सदस्य रुबिना थापाको सञ्चालन र पशुपती यादवको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता झब्बर यादवले गर्नुभएको थियो ।