- डा. मनोज कार्की
Consultant Endocrinologist
(भैरहवा इन्डोक्राइन क्लिनिक)
बर्मेलीटोल, भैरहवा
मधुमेह, खाना र शारिरीक व्यायाम
उपयुक्त पोषण र शारिरिक गतिविधि स्वस्थ जीवनस्तरको एउटा अभिन्न अङ्ग हो । अझ विशेषगरी मधुमेह भएका व्यक्तिहरुका लागि यो विशेष महत्वपूर्ण छ । पर्याप्त शारिरिक गतिविधि र उचित पौष्टिक आहारले रगतमा सुगरको मात्रालाई आफ्नो लक्ष्यमा राख्न मद्दतगर्दछ । मधुमेह एक अवस्थाहो जहाँ शरीरले ग्लुकोज सही रूपमा प्रयोग तथा नियन्त्रण गर्न असफल हुन्छ। यो दुई मुख्य कारणले हुन सक्छ इन्सुलिन हर्मोनको कमीको कारण अथवा उपलब्ध इन्सुलिनले प्रभावकारी रूपमा काम नगर्नाले हुनसक्छ । विकासशीलतथा विकसित देशहरुमा मधुमेहको बोभ चुनौतीपूर्ण छ ।
“के खाने, कति खाने र कहिले खाने”भन्ने यी ३ प्रश्नको उत्तरले र चिकित्सकको सल्लाहले तपाइको Blood Sugar control range मा मदत गर्छ ।
क) खाना र मधुमेह सुगरको बिरामीले कस्तो खाना खाँदा हुन्छ?
- स्टार्च कमभएका तरकारी (पालुङ्गोको साग, ब्रोकाउली, हरियो सिमी) बोडी, बन्दा, टमाटर, साग जस्ता खानामा बढी राख्ने
- प्रशोधितचिनी भएका खाना कम र प्रशोधित पीठोबाट बनेका खानेकुरा ब्रेड, पास्ता कम खाने ।
- पानी प्रशस्त मात्रामा पीउने ।
- यदि Alcohol सेवन गर्नुहुन्छ भने विषेश ध्यान दिनुपर्छ किनभने इन्सुलिन वा मधुमेहका औषधीले हाम्रो शरीरमा Insulin को मात्रा बढाईदिन्छन् र यसैमा Alcohol शरीरको चिनी अचानक कम गराई अझ नोक्सानी गराउँछ। त्यसैले Alcohol सकभर नगरेकै राम्रो।
दिनमा कति मात्रामा खाना खानु पर्दछ ?”
सहि मात्रामा खानाखाएमा द्ययियमकगनबच नियन्त्रणमा आउँछ र यदि बिरामीमा मोटोपनको समस्या छ भने त्यो पनि नियन्त्रणमा आउन सक्छ । यसका लागि केही विधिहरु अपनाउन सकिन्छः
१.प्लेट मेथड (Plate method)
- यसले खानाको भाग अर्थात् (portion size) लाई नियन्त्रण गर्छ ।
- १ हातको मुठ्ठी जति भात अथवा प्लेट (थालको १/४ भागमा)
- तरकारी र सलाद २/४ भागमा
- बाँकीकाे १/४ भागमा माछा, मासु, तोफु, पनिर, चना जस्ता Protein युक्त खाना समावेश गर्ने
२. Carbohydrate counting Method)
Carbohydrate counting Method कार्बोहाइड्रेट शरीरमा प्रशस्त ग्लुकोजमा परिणत हुने भएकाले खानामा यस्ता कार्बोहाइड्रेटको कमि गराउनुपर्छ । विशेषगरी इन्सुलिन लिइरहेका मधुमेहका विरामीले झन् यसबारे सजक रहनुपर्दछ । त्यसैले आफ्नो खानामा चाहिनेमात्रामा कसरी कार्बोहाइड्रेटको समावेश गर्ने भनि डाक्टरसँग कार्बोहाइड्रेट Counting Method सिक्नुपर्दछ ।
ख) शारिरिक व्यायाम र मधुमेह
शारिरिक व्यायामका फाइदाहरूः
- रगतमा ग्लुकोजको मात्रामा नियन्त्रण
- रक्त संचालनमा सुधार
- तौल नियन्त्रण
- मानसिक स्वस्थमा सुधार
- स्मरण शक्तिमा वृद्धि
- निद्रामा सुधार
इदि मोटोपन भएका व्यक्तिहरु छन् भने शारिरिक व्यायामले
- Cholesterol को level मा सुधार ल्याउँछ
- घुर्ने समस्यापनि कम गर्छ।
लक्ष्यः
मधुमेहका विरामीले कम्तीमा पनि दिनको ३० मिनेट (मध्यम र उर्जावानशारिरीक व्यायाम) हप्ताको ५ दिन गर्नुपर्ने हुन्छ ।
त्यसैगरी मोटोपन पनि घटाउने लक्ष्य भएमा दिनको ६० मिनेट (मध्यम र उर्जावान शारिीकि व्यायाम) हप्ताको ५ दिन गर्नुपर्दछ ।
“मलाई मधुमेह छ भने कसरी शारिरीक रुपमा सुरक्षित रही सक्रिय हुन सक्छु ?”
१. व्यायाम गर्दागर्दै पर्याप्त मात्रामा पानी पिउने
२. यदि मुटु वा अन्यकुनै रोग छ भने चिकित्सकसँग परामर्श लिई आफ्नो आवश्यकता अनुसार गर्ने ।
३. रगतमा चिनी कम (हाइपोग्लासेमिया) को लक्षणलाई जानकारी लिने ।
Hypoglycemia लामो समयसम्म व्यायामगर्दा अथवा व्यायाम गर्दा खान नखाई गरेमा हुन सक्ने एक जटिलता हो । यो व्यायाम गरेको २४ भन्टाभित्रमा हुने गर्दछ । त्यसैले मधुमेहका बिरामीले व्यायाम गर्नु अघि पछि सानो Snacks/ नास्ताखानु पर्छ ।
४. टाइप १मधुमेह भएका व्यक्तिले चाहिँ अति उर्जावान (High intensity) व्यायाम गर्दा विशेष ध्यान पु¥याउनुपर्छ र सकभर गर्दैगर्नु हुन्न ।
५. मधुमेह भएका व्यक्तिहरुमा उच्च Blood Sugar का कारण खुट्टामा रक्त सञ्चारमा गडबडहुने भएकाले र नशामापनि असर गने हुनाले खुट्टामा समस्या देखिन सक्छ । त्यसैले Exercise/ व्यायामगर्दा सजिलो, आरामदायी जुत्ता लगाउनुपर्दछ ।
६. मधुमेहका बिरामीले Aerobic exercise मा विशेष जोड दिनुपर्छ ।
अन्त्यमा मधुमेह एक जटिल रोग हो र यस रोग लिई बाँच्न अलिक ठिनहुने गर्दछ । त्यसैले बिरामीहरुमा मानसिक तथा आर्थिक तनावबढ्नु सर्वविदितै कुरा हो । यस्ता तनावले अझ बढी रगतमा चिनीको मात्रा बढाउन सक्छ जसलाई हामी Stress induced Hyperglycemia भन्ने गर्दछौं । त्यसैले यीयस्ता तनावसँग कसरी सामनागर्ने भन्ने कुराको बारेमाबुझ्नु र सिक्नु अतिआवश्यक छ ।
मानसिक रुपले स्वस्थ रहन बिरामीले आफैमा परिवर्तन ल्याउनु पर्ने हुन्छ । यसका लागि केही ससाना व्यवहारमा परिवर्तन ल्याई आफ्नो मधुमेहलाई पनि नियन्त्रण गर्न सकिन्छ । जस्तैः
१. लामो लामो सास फेर्ने विधि (Deep Breathing Techniques)
२. ध्यान, योगागर्ने,
३. आफूलाई मन पर्ने क्रियाकलापमा संलग्न हुने
४. दिनमा कमसकेम ७–८ घन्टाको निन्द्रा पु¥याउने ।
मधुमेह हेरचाहमा मुख्य बाधाहरूः
- स्वास्थ्य सेवामा सीमित पहुँच
- मधुमेह व्यवस्थापन बारे चेतनाको कमी
- स्क्रिनिङ र प्रारम्भिक पहिचानको लागि अपर्याप्त सुविधाहरू
- रोग संग सम्बन्धित मिथक र कलंक
हामी कसरी यी अवरोधहरू तोड्न सक्छौं?
हेरचाहको पहुँच सुधार गर्दैः
- य मधुमेह हेरचाहलाई एकीकृत गर्ने
- य रोगी शिक्षा वृद्धि गर्ने
- य सार्वजनिक र निजी क्षेत्र बीच सहकार्य गर्ने
मधुमेह हेरचाहमा आइपर्ने अन्तरहरू पूरा गर्न आवश्यक छ। यीअन्तरहरू सम्बोधन गर्नः
- पूर्व– मधुमेह र मधुमेह को लागि स्क्रीनिंग कार्यक्रम को वृद्धि गर्ने
- नियमित स्वास्थ्य जाँचलाई बढावा दिने
- धुमेह शिक्षा र व्यवस्थापन स्रोतमा पहुँच सुनिश्चित गर्ने
- बच्चाहरुलाई जीवन शैलीको शिक्षामा फोकस गर्ने
मधुमेह नियन्त्रणका लागि वृहत् बहुक्षेत्रीय कार्ययोजना बनाउनु पर्छ जसमा स्थानीय तहदेखि सरकारी नीतिहरू सम्मिलित हुनुपर्छ । प्रबल इच्छा शक्ति भएमा व्यक्तिगत स्तरबाट पनि मधुमेह नियन्त्रण गर्न सकिन्छ । सरकार संगसंगै विभिन्न स्वास्थ्यसंग सम्बन्धित क्षेत्रका संस्था तथा व्यक्तिहरूलाई समेटेर मधुमेह नियन्त्रणका लागि वृहत् योजना बनाउनु उतिकै आवस्यक देखिन्छ ।