logo
  • २३ भाद्र २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा भन्सार छलीविरुद्ध प्रहरीको कारबाही, लाखौँका सामान बरामद


    २३ भाद्र २०८३ , मंगलबार

    रुपन्देहीमा भन्सार छलीविरुद्ध प्रहरीको कारबाही, लाखौँका सामान बरामद

    लुम्बिनीखबर

    भैरहवा, २३ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु.५ लाख ७३ हजार १७४ बराबरका सामान बरामद गरेको छ । प्रहरीले भदौ २२ गते विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली ल्याइएका चिनी, कृषि औषधि, सागको बीउ, भाँडाकुँडा, कस्मेटिक सामान, सुपारी, साडी, कुर्ता–सुरुवाल तथा कपडालगायतका सामान बरामद गरेको हो ।

    कोटहीमाई गाउँपालिका–३ नौडिहवाबाट रु. २१ हजार २५० बराबरको ५० केजी चिनी र १०० पिस एग्रोभेट औषधि, मायादेवी गाउँपालिका–६ मकरी चोकबाट रु.१५ हजार बराबरको १५० केजी चिनी तथा कोटहीमाई–४ नौसिडियाबाट रु.१३ हजार ५०० बराबरको ५४ प्याकेट सागको बीउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ डण्डाबाट रु.८ हजार बराबरका विभिन्न किसिमका भाँडाकुँडा र कटर ब्लेड, रोहिणी गाउँपालिका–२ भट्टपुर्वाबाट रु.१ लाख ९२४ बराबरको मोटरसाइकलसहित विभिन्न कस्मेटिक सामान तथा रोहिणी–३ रामनगरबाट रु. २ लाख २५ हजार बराबरको १५० केजी सुपारी बरामद गरिएको छ । तिलोत्तमा नगरपालिका–९ मंगलापुरबाट रु.५६ हजार ५०० बराबरका ३३ थान साडी, १२ थान कुर्ता–सुरुवाल र २३ थान रेडिमेड ब्लाउज तथा मायादेवी गाउँपालिका–४ रम्बापुरबाट रु. १ लाख ३३ हजार बराबरको मोटरसाइकलसहित ६० थान कुर्ता र २४ थान कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.