logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    जेष्ठ पत्रकारलाई छुट्टै परिचय पत्र र सम्मानवृत्ति


    १७ बैशाख २०७३ , शुक्रबार

    जेष्ठ पत्रकारलाई छुट्टै परिचय पत्र र सम्मानवृत्ति

    images

    १७ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गरे ।

    महासंघले १६ जना जेष्ठ पत्रकारलाई प्रतिमहिना एक हजारका दरले एक वर्षको सम्मानवृत्ति स्वरुप १२ हजार रुपैयाँ र जेष्ठ पत्रकार परिचयपत्र प्रदान गरेको छ ।

    ६५ वर्ष उमेर र ३० वर्षभन्दा बढी पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारहरूको सम्मानमा महासंघले यसै वर्षदेखि सम्मान वृत्ति कार्यक्रम सुरु गरेको हो ।

    पत्रकार महासंघले उल्लेखनिय कार्यक्रमको सुरुवात गरेको भन्दै सञ्चारमन्त्री राईले आगामी दिनमा सम्मानवृत्ति कार्यक्रममा सरकारले सहकार्य गरेर अगाडी बढ्ने बताए ।

    कार्यक्रममा महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले सम्मान वृत्ति कार्यक्रम महासंघको आन्तरिक कोषबाट गर्दै आएको जानकारी दिए ।

    कार्यक्रममा महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुले तिरेको १ प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारकै हितमा लगाउन सरकारलाई आग्रह गरेका छन् ।

    महासंघले थालेको यस वृत्ति कार्यक्रमअन्तर्गत राजधानीबाहिरबाट नामावली प्राप्त हुने क्रम जारी रहेकोले उनीहरुलाई जेठभित्र सम्मान वृत्ति प्रदान गरिने कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म केन्द्रमा ४२ जना जेष्ठ पत्रकारको नामावली प्राप्त भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.