भैरहवा, फागुन १२ । जब न्यायीक निकायनै मौन भएपछि, न्याय खोज्न कहाँ जाने ? धमौली–१ का रामबहादुर लोधको प्रश्न छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उनले चढाएको निबेदन उपर सुनुवाई भएको छैन । डिएनए परिक्षण र नागरिकता बदरका लागि उनले चढाएको निबेदनको सुनुवाई नभएको उनले बताएका हुन् ।
श्रीराम लोधले आफूलाई बाबु तथा किसुन कुमारी भन्ने काल्पनिक आमा खडा गरि झूठा विबरण पेश गरि नागरिकता बनाएको बताउँदै उनले २०७० मंसिर ९ गते डिएनए परिक्षण गरि सत्यतथ्य पत्ता लगाउन र श्रीराम लोधको नागरिकता बदर गरि कानुन बमोजिम गर्न भनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निबेदन गरेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सुनुवाई नगरेको देखेपछि रामबहादुरले नागरिक अधिकार ऐन २०१२ को दफा १७ न्याय प्रशासन ऐन २०४८ को दफा ८ (२) पुनरावेदन अदालत नियमावली समेतका आधारमा परमादेशको आदेश जारी गरि पाउँ भनि निबेदन समेत चढाएको देखिएको छ । निबेदकको मागअनुसार गर्नु भनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नाममा २०७० फागुन १३ गते पुनरावेदन अदालत बुटवलको परमादेशको आदेश पनि जारी भईसकेको देखिएको छ ।
श्रीराम लोधको जन्मदर्ता प्रमाणपत्रमा बाबु रामबहादुर लोध र आमाको नाम किसुन कुमारी लोध उल्लेख छ । किसुन कुमारीको सुचनाका आधारमा तत्कालीन धमौली गाबिस सचिव रहेका कमला यादवले सो जन्मदर्ताको प्रमाण पत्रदिएको उनको सही छापले प्रष्ट्याएको छ । २०५३ बैशाख १३ गते दिईएको उक्त जन्मदर्ताको प्रमाण पत्र कानुन बमोजिम नभएको कानुनबिदहरु बताउँछन् । अधिबक्ता लेखनाथ ढकालका अनुसार ‘उक्तजन्मदर्ता तत्कालीन अवस्थामा लागू रहेको जन्म, मृत्यु तथा ब्यक्तिगत घटना दर्ता ऐन २०३३ को दफा ४ को उपदफा १ को खण्ड (क) बिपरीत रहेको छ ।’ ऐन अनुसार त्यति बेला ब्यक्तिगत घटना दर्ताका लागि सुचक घरको मुख्य ब्यक्ति तथा निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको मुख्य ब्यक्ति हुनु पर्ने हो । तर, बाजे र बाबु छदै काल्पनिक नाममा खडा गरिएकी आमा किसुन कुमारी सो ऐन अनुसार सबै तवरले लागि अयोग्य देखिएकी छन् ।
धमौली–१, रुपन्देहीका रामबहादुर लोधका दुई भाई छोरा छन् । जेठो छोरा महेश लोधको जन्म २०५१ बैशाख ८ गते भएको हो भने कान्छो छोरा राजेश लोधको जन्म २०५३ भदौ १ गते । उनको बिबाह समाजिक परम्परा अनुसार गोनहा गाबिस–६,रुपन्देहीका दर्शन लोधकी छोरी औतारी लोधसँग २०४८ माघ १५ गते भएको बिबाह दर्ताको प्रमाण पत्रमा उल्लेख छ । तर सो पूर्ब उनको पहिलो बिबाह २०४८ साल मंसिर महिनामा कालिन्दा लोधसँग भएको स्थानीयको भनाई छ । तर बिबाह भएको एक महिना नपुग्दै कालिन्दा सोही गाबिस ५ का मग्घी लोधसँग पुर्नबिबाह गरेको मग्घी लोधको समेत स्वीकारोक्ति छ । उनीसँग करिब एक वर्ष बिताएकी कालिन्दालाई रामबहादुरका सहोदर दाजु नन्दलाल लोध र कम्हरिया गाबिस बस्नेओम प्रकास लोध समेत मिलिप्रकास लोधले पुर्नबिबाह गरि लगेको मग्घीको आरोप छ ।
२०५३ कार्तिक १५ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट कालिन्दा लोधले नागरिकता प्राप्त गरेकी छन् । कालिन्दा लोधको नामबाट जारी ना.न. १११४ का अनुसार ओम प्रकास लोध उनका पति हुन् । कालिन्दा कुन–कुन मितिमा को सँग बसेकी हुन् र उनको बिबाह कुन मितिमा ओम प्रकाससँग भएको हो भन्ने ब्यहोराको कुनै ठोस कानुनी प्रमाण देखिएको छैन ।
कालिन्दाको कोखबाट श्रीराम लोधको जन्म भएको स्थानीयहरु बताउँछन् । किसुन कुमारी भन्ने काल्पनिक नाम बताई कालिन्दाले दिएको झूठा सूचनाको आधारमा धमौली गाबिसले उनलाई जन्मदर्ताको प्रमाण पत्र दिएको सोहीगा.बि.स. वडा नं.१, महदेईयाँ बस्ने हद्दीश मुसलमानको भनाई छ । सचिव कमला यादवको हस्ताक्षरमा २०५३ बैशाख १३ गते बनेको सो जन्मदर्ताको प्रमाण पत्रमा उनको जन्ममिति २०५२ असार १६ गते उल्लेख छ ।
तत्कालीन गाबिस अध्यक्ष तपा पाण्डेका अनुसार–‘श्रीराम रामबहादुरका छोरा होईनन् । बिबाह भएको एक महिना नबित्दै कालिन्दाले मग्घी लोधसँग पुर्नबिबाह गरेकी थिईन् । तत्पश्चात धमौली १ महदेईयामा दुई पक्षको पंचायत बसी छोडपत्र भएर रामबहादुरको दोश्रो बिबाह औतारीसँग भएको हो ।’ रामबहादुर र कालिन्दाको कुनै नातानै नरहेकोे अवस्थामा श्रीराम लोधको २०५२ असार १६ मा जन्म हुँदा श्रीराम रामबहादुरका छोरा हुन् भन्ने भनाई तर्क संगत नरहेको उनको जिकिर छ ।