logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मलेसियामा नेपाली कामदारको बिचल्ली


    १६ फाल्गुन २०७२ , आइतबार

    मलेसियामा नेपाली कामदारको बिचल्ली

    काठमाडौं,माघ १५ । मलेसियास्थित नेपाली दूतावासले अवैध कामदारलाई फिर्ता हुन ट्राभल डकुमेन्ट दिन बन्द गरेको छ । दूतावासले विगत डेढ बर्षयता मलेसियामा अवैध कामदार न्यूनीकरण गर्न ट्राभल डकुमेन्ट जारी गर्दै आएको छ ।

    भिसा र राहदानी नभएका वा मिति सकिएका कामदारलाई स्वदेश फिर्ता गराउन ट्राभल डकुमेन्ट जारी गरिएको भए पनि अवैधभन्दा वैध हैसियतमा रहेका कामदार बढीमात्रामा नेपाल आउन थालेपछि ट्राभल डकुमेन्टमार्फत फिर्ता गराउने कार्य स्थगित गरिएको मलेसियास्थित् नेपाली दूतावासका अधिकारीले जानकारी दिएका छन् ।

    दूतावासका अर्का एक अधिकारीले भने प्राविधिक कारणवश केही समयका लागि ट्राभल डकुमेन्ट जारी गर्न स्थगित गरिएको दावी गरेका छन् । ‘मलेसिया गएका धेरै कामदारले पूर्वसम्झौता अनुसारका काम र सेवासुविधा नपाएपछि बीचमै काम छाडेर अवैध भएको बाहना बनाउँदै स्वदेश फिर्ता हुनेक्रम बढेपछि तत्कालका लागि ट्राभल डकुमेन्ट जारी गर्न स्थगित गरिएको हो’, दूतावास स्रोतले भन्यो ।

    अपेक्षा अनुसार काम तथा तलब नपाएपछि विभिन्न बाहनामा वैध कामदार फिर्ता हुन थालेको जानकारी रोजगारदाताले नेपाली दूतावासलाई गराएका छन् । त्यहाँको अध्यागमन अध्ययगमन अधिकारीले पनि नेपाली नियोगमा यही जानकारी गराएको स्रोतको भनाई छ ।
    हाल मलेसियामा २० हजार हाराहारीमा अवैधानिक नेपाली रहेको अनुमान छ ।
    – See more at: http://www.zestkhabar.com/?p=48096#sthash.paOlLuJD.dpuf

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.