logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गान्धी, केजरीवाल र येचुरीविरुद्ध देशद्रोहको आरोप


    १७ फाल्गुन २०७२ , सोमबार

    गान्धी, केजरीवाल र येचुरीविरुद्ध देशद्रोहको आरोप

    १७ फागुन, काठमाडौं । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी, कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायतका नेताहरुलाई देशद्रोहको आरोप लागेको छ । जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतविरोधी नारा लगाउने विद्यार्थीहरुलाई समर्थन गरेको भन्दै उनीहरुविरुद्ध देशद्रोहको आरोप लागेको हो ।

    अधिवक्ता जनार्धन गौडले भारतीय दण्ड संहिताको धारा १२४ र १२४ ‘ए’ अनुसार उजुरी दर्ता गरेका हुन् । हैदरावादको साइबरावाद इलाकाको एक प्रहरी चौकीमा गान्धी, येचुरी र केजरीवालसहित डी राजा, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार र उमर खालिदविरुद्ध उजुरी परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    गौडले सम्बाददातासँग भनेका छन्, ‘म कुनै राजनीतिक दल निकट छैन । मैले अदालतमा यसकारण मुद्दा दर्ता गरेकि जेएनयूमा ९ फेब्रुअरीमा लागेको भारत विरोधी नाराबाट मेरो भावनामा चोट पुगेको छ । संसदमा हमला गर्ने अफजल गुरुको समर्थनमा लगाइएका नारा भारत विरोधी हुन् ।’

    भारतीय संसदमा आक्रमण गरेपछि अजफल गुरुलाई फाँसी दिइएको थियो । तिनै अजफल गुरुको समर्थनमा जेएनयूमा गरिएको कार्यक्रममा भारत विरोधी नारा लागेको थियो । कार्यक्रम स्थलबाट पक्राउ परेका विद्यार्थीहरुलाई कारबाही नगर्न गान्धी, येचुरी, केजरीवाल लगायतले भनेको आरोपपत्रमा दाबी गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.