लुम्बिनी फागुन १२ । मधेश आन्दोलनमा आलोचित सत्तारुढ दल नेकपा एमालेले आफ्नो अस्तित्व देखाउन रुपन्देहीमा आगामी शुक्रबार शक्ति प्रदर्शन गर्ने भएको छ ।
‘जनताको संबिधान जनताको हातमा’ भन्ने मूल नाराका साथ सो पार्टीले फागुन १४ गते रुपन्देहीको सदरमुकाम भैरहवाको गणतान्त्रिक सभाहलमा लुम्बिनी अञ्चल स्तरीय शक्ति प्रदर्शनमा जुटेको हो ।
नेकपा एमाले केन्द्रिय सदस्य एवं कार्यक्रम संयोजक बैजनाथ चौधरीले नेपालको संबिधान २०७२ लाई जनजनमा पुर्याउने अभियानका रुपमा संबिधान जारी पश्चात नेकपा एमालेको अगुवाईमा पहिलो पटक बिशाल आमसभा हुन लागेको जानकारी गराए ।
उक्त भेलालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्बप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, अर्थमन्त्री बिष्णु पौडेल लगायतका नेताहरुको उपस्थिती रहने केन्द्रीय नेता चौधरीले बताए ।
यसै गरि शुक्रवार आम भेलालाई भब्यताका साथ सफल पार्न लुम्बिनी अञ्चलबाट करीब डेढ लाख जनता उतारेर शक्ति प्रदर्शन एवं संबिधान २०७२ को प्रचार प्रसारका लागि ६ वटै जिल्लामा कार्यकर्ता खटाईएको पूर्ब अञ्चल सदस्य श्रीराम यादवले जानकारी गराएका छन् ।
नयाँ संबिधान बारे ठोस जानकारी लिनका लागि अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता शिक्षक, बुद्धीजीवि तथा सर्बसाधारण समेत लाई उपस्थितीका लागि सो पार्टीले आह्वान गरेको छ । – See more at: http://www.zestkhabar.com/?p=49071#sthash.3Mp3aIIH.dpuf