logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जडीबुटी तस्करीमा नेता पक्राउ


    १२ फाल्गुन २०७२ , बुधबार

    जडीबुटी तस्करीमा नेता पक्राउ

    फागुन १० । प्रतिबन्धित जडीबुटी झ्याउसहित नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार अपराह्न नेपालगन्जको राँझास्थित उनको गोदाममा छापा मारेर अन्सारीलाई जडीबुटीसहित पक्राउ गरेको हो ।herbs
    अध्यक्ष अन्सारीको गोदामबाट ५ सय ४२ बोरा अर्थात १३ हजार ५ सय ५० किलो प्रतिबन्धित झ्याउ बरामद गरिएको जिल्ला वन कार्यालय बाँकेका निमित्त प्रमुख नारायण पार्धेले जानकारी दिए । उनका अनुसार बरामद झ्याउको मूल्य २ लाख ३ हजार २ सय ५० हुन्छ ।
    सरकारले झ्याउ संकलन र बिक्री, वितरणमा प्रतिबन्ध लगाउँदै आएको छ । ’यति ठूलो परिमाणको झ्याउ कहाँबाट र कसरी आयो, यसको अनुसन्धान गरिसकेपछि मात्र थाहा हुन्छ,’ पार्धेले भने । अभियुक्त अन्सारीलाई कानुनी कारबाहीका लागि वन कार्यालयले नै प्रक्रिया अगाडि बढाउँछ । बरामद भएको झ्याउ गाडीमा लोड गरेर जिल्ला वन कार्यालयमा लगिएको छ भने पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
    प्रहरीले अन्सारीलाई आवश्यक कारबाहीका लागि राति नै वन कार्यालयसमक्ष बुझाउने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले अवैध जडीबुटीका विषयमा अन्सारीविरुद्ध प्रहरीले पनि अनुसन्धान गरिरहेको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.