logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिद्धार्थनगर नगरपालीकाको जनचेतनामुलक कार्यक्रम सुरु


    १ चैत्र २०७२ , सोमबार

    सिद्धार्थनगर नगरपालीकाको जनचेतनामुलक  कार्यक्रम सुरु

    कमल रायमाझी
    भैरहवा,चैत ५ । स्थानिय स्तरमा जनचासो नहुदा विकासका मुहानहरु ओझेलमा परेको भन्दै सिद्धार्थनगर नगरपालीकाले जनचेतनामुलक  कार्यक्रमको सुरुवात गरेको छ ।
    सरकारको मुख ताक्ने प्रवृद्धीले नगर विकास हुन वाट पछाडी परेको भन्दै नगरपालीकाले स्थानियहरुको सहभागितामा नगरक्षेत्रको सरसफाईमा अभियान सुरु गरेको हो ।
    नगरक्षेत्रमा रहेका संघ सस्था र सरकारी निकायका अंङगहरु,निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र पत्रकारहरुको टोली समेत जनचेतना मुलक कार्यक्रमममा सहभागी भएका छन् ।
    घरघर वाट उठ, प्रत्येक ठाउ वाट उठ , सफा सुन्दर नगर वनाउन सवै जुट भन्ने उद्धेश्य वोकेर सुरु भएको नगरसरसफाई अभियानले सडक,पुल पुलेसा, पार्क, मठमन्दिर , स्कुल कलेज र सार्वजनिक स्थलहरुको सफाई तथा स्थानिय जनचेतना जगाउने सिद्धार्थनगरपालिकाले जनाएको छ ।
    नगरपालिकाले नगर सरसफाई अभियानले नगरक्षेत्रको फोहोर मैला व्यवस्थापनमा सहजता र न्युनीकरणमा सहयोग पुग्ने अपेक्षाका साथ अगाडी वढेको सिद्धार्थनगर नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले जानाकारी दिए ।
    कार्यकारी अधिकृत गौतमका अनुसार– सरकारले लागु गरेको कानुनी प्रवाधानको व्यवस्था स्थानिय तह सम्म लागु गर्न र जथाभावी फोहर मैला व्यवस्थापन गर्नमा नगरपालिकाले  शुरु गरेको यो  अभियानमा सवैको साथ रहने वताएका छन् ।
    नगरपालिकाले यो अभियान नगरक्षेत्रका प्रत्येक घरघरमा पुराउने र  फोहर संकलनका लागी डस्विन समेत वितरण गर्ने योजनाका साथ अगाडी वढेकाले सिद्धार्थनगर नगरपालिलाई सुन्दर नगर वनाउन सवैको कर्तव्य भएको नगरपालिकाले जनाएको छ ।
    नेपालकै पुरानो नगरपालिका भएको सिद्धार्थनगर नगरपालिका अहिले व्यवस्थित र सफासुन्दर वनाउने अभियानमा सहयोग गर्नमा स्थानिय स्तरमा समेत जनसहभागिता उत्साहजनक भएको राजनितिक दलका नेताहरुले समेत वताएका छन् ।
    महामानव गौतमवुद्धको जन्मस्थान लुम्बिनीको प्रवेषद्धार तथा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको सामिप्यतामा रहेको यो नगर आवस्यकता अनुसार अगाडी वढनुपर्ने सांसद तथा स्थानिय समाजसेवी आदित्यनारायण कशौधनले वताएका छन् ।
    एमाओवादीका सिद्धार्थनगर संयोजक संदेश चापागाईले समेत नगर सफा सुन्दर वनाउन जनता आफै जागरुप हुनुपर्ने भन्दै जनचेतना मुलक कार्यक्रमलाई निरन्तर दिन आवस्यक रहेको वताए ।
    स्थानिय शान्ति समितिमा संयोजक आन्नद प्रशाद गुप्ताले  समेत सिद्धार्थनगर वुद्ध नगरी भएकाले पनि स्वच्छ र सफा पार्न सवै नगरवासी लाग्नुपर्नेमा जोड दिएका छन् ।

    नगरपालिकाले अहिले सुरु गरेको  नगर सफाई,  घर र आगन सफाई भन्दै जनचेतना मुलक पर्चाहरु वितरण गरिहेको छ ।
    राज्यको कानुनी व्यवस्थामा रहेको नियम सवैले मान्नु पर्ने र आफ्नो स्थानिय स्तरमा सरसफाई आफै गर्नुपर्ने वाध्यता संझिए सहजता थपिने देखिन्छ ।
    व्यक्तिले फोहर व्यवस्थापन गर्दा नगरपालिकाले तोकेको स्थानमा र नगरपालिको फोहर वोक्ने सवारी साधनमा मात्र फाल्न पाउने कानुनी व्यवस्था भएकाले यसमा सवै नागरिकले ध्यान दिन जरुरी रहेको नगरपालिकाका फोहर व्यवस्थापन शाखाका प्रमुख केशव पौडेलले जानाकारी दिए ।
    उनले भने नगरपालिकाले तोकेको ठाउमा फोहर नफालि जथाभावि फोहर फाल्नेलाई दण्ड जरिवानाको समेत कानुनी प्रावधान भएकाले सिद्धार्थनगर नगरपालिकाले यो प्रावधान कार्यन्यनको पक्षमा अगाडी वढेको वताए ।

    हाल १३ वटा वडाहरु भएको यो नगरपालिका विकासका हिसावले पछाडी परे पछि एसियाली विकास वैकको सहयोगमा निर्माण हुनलागेको ढल र सडक निर्माण  हुदै डम्पीङ साइट निर्माणमा तिव्ररुपमा अगाडी वढेको छ भने स्थानिय स्तरमा समेत नगरको गरिमालाई अगाडी वढाउन सकृय भएको पाइन्छ ।
    नगरपालिकाका कार्यकारी अधिकृतले जनताको पक्षमा काम गर्ने राजनितिक दल नभए पनि कर्मचारीले गर्न सकिने काम सफल रुपमा काम गर्ने प्रविद्धताका साथ अगाडी वढाउन नगरपालिमा विकासे वजेट र यस्ता जनचेतना मुलक कार्यक्रमहरु लाई निरन्तरता दिएका छन् ।

    दक्षिणमा भारतिय भुमि संग जोडिएको यो नगर विभिन्न चुनौती र अवशरका विच रहेकाले यहाको विकासमा जनताको भुमिका महत्वपुर्ण रहेकाले यसको निम्ति नगरपालिकाले पहिलो पटक जनचेतनालाई प्राथामिकता दिएको हो ।
    नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाई तथा स्वास्थ्यक्षेत्रमा देखाएको सकृयता र सामाजिक परिचालिकाको भुमिका समेत नगरको विकासमा आशालाग्दा कार्यक्रमहरु हुन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.