logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवा भंसारले गरयो संक्षिप्त प्रज्ञापनपत्रमा कडाई


    ५ चैत्र २०७२ , शुक्रबार

    भैरहवा भंसारले गरयो संक्षिप्त प्रज्ञापनपत्रमा कडाई

    कमल रायमाझी
    भैरहवा। भैरहवा भंसार कार्यालय रुपन्देहीले संक्षिप्त प्रज्ञापनपत्र लाई कडाइका साथमा लागु गरेको छ ।
    भारतिय पक्ष बाट भएको अघोशित नाकाबन्दीको कारण अध्याधिक मात्रमा खानेतेल नेपाल भित्रिने क्रम बढे पछि प्रज्ञापन पत्रमा कडाइ गरिएको भैरहवा भंसार कार्यालयले जनाएको छ ।
    घरयासी प्रयोजनका लागी भन्दै सर्बसाधरणले अध्याधिक रुपमा यी पर्दाथ भारत बाट आयात गर्न थालेपछि भंसार कार्यालयले तस्करी बढने र बजारमा कालावजारी फस्टाउने भन्दै प्रज्ञापनपत्रको व्यवस्था गरिएको जानाकारी दिएको छ ।
    अहिले भारतिय सिमाक्षेत्र बाट भैरहवा भंसार कार्यालय हुदै दैनिक सयौ कार्टुन खानेलेल, खाध्यान्न र बिद्युतीय चुलो इन्डेक्स नेपाल भित्रिने गरेको भैरहवा भंसार कार्यालयका प्रमुख लावण्य ढकालले जानाकारी दिनुभयो ।
    कानुनत एक सय रुपैया भन्दा बढीको समान भारतिय बजार बाट नेपालमा ल्याउदा संक्षिप्त प्रज्ञापन पत्र जारि गरि भंसार शुल्क लिने नियम रहेको छ ।
    व्यवहारिक पक्ष भन्दै घरयासी प्रयोगमा ल्याउने समानलाई हेरिकन निशुल्क छोडिने गरिएपनि अव संक्षिप्त प्रज्ञापनपत्र (भंसार शुल्क) लिन थालिएको भैरहवा भंसार कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.