logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट


    २८ बैशाख २०७३ , मंगलबार

    पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट

    के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ ।

    images

     

     

     

     

     

     

     

     

     

     

     

    हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस रु कतै ह्याकर त होइनन् रु त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।

    वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन । यस्तो अधिकार तथा सुविधा र क्षमता केवल फेसबुकमा मात्रै छ ।

    फेसबुक कम्पनीले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई यस्तो अधिकार तथा सुविधा दिएको हो फेसबुकले ।

    फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलार्य दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन ।

    किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.