logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मगर गाउँको सुकेताल ग्रामीण पर्यटनको कोसेढुंगा (फोटोफिचर)


    १४ चैत्र २०७३ , सोमबार

    मगर गाउँको सुकेताल ग्रामीण पर्यटनको कोसेढुंगा (फोटोफिचर)

    नरेश के.सी.
    सुकेताल, पाल्पा चैत्र १४ । मगर जातिको मात्रै बसोबास रहेको पाल्पाको सुकेतालको बारेमा धेरैलाई थाहै नहोला । उक्त गाउँ धेरै कारणले महत्वपुर्ण हुँदै आएको छ । विशेषतः पछिल्लो समय बिदाका दिनमा सो गाउँतिर जाने सवारी साधनको घुइँचोले छिमेकी गाउँलाई पनि आश्चर्यचकित पारिरहेको छ । छिमेकी गाउँका मान्छेहरु भन्छन् किन सुकेतालमा मान्छेहरु ओइरहेका छन् । त्यसको एकमात्र कारण हो प्राचीन सुकेताल गाउँ अहिले पर्यटकीय गन्तब्य बनिरहेको छ । सुकेताल ग्रामीण पर्यटनको केन्द्रको रुपमा स्थापित हँुदै गएको छ । यसलाई अझै व्यवस्थित गरेमा नेपालको ग्रामीण पर्यटनमा कोसेढुंगा साबित हुने पनि पर्यटन क्षेत्रका अगुवाले विश्वास व्यक्त गरेका छन् ।

    कुल ६३ घरधूरी रहेको सुकेतालमा  सबै मगर समुदायको बसोबास रहेको छ । सोझा र इमान्दार मगर समुदायको बसोबास रहेको उक्त क्षेत्रमा प्राकृतिले महत्वपूर्ण उपहार दिएको छ  । चूरेको खोंचमा त्यति धेरै उचाइमा विरलै पाइने सिमसार र ताल हेर्न अवलोकन गर्न देश विदेशबाट मान्छेहरु आउन थालेपछि मगर समुदायको जीवनशैली पनि फेरिएको छ ।

    स्थानीय रुपमा अत्यन्तै चर्चामा आइरहको उक्त क्षेत्रको सोमबार  पर्यटन व्यवसायका अगुवाहरुले अवलोकन गरे । उनीहरुले उक्त क्षेत्रको अवलोकन पश्चात एकै स्वरमा भने “ मगर समुदाय र सस्कृतिको अनुपम उदाहरण बोकेकोे, सडक यातयात सँग सिधा जोडिएको, प्राकृतिक दृष्टिले विविधतायुक्त सुकेताल नेपालको ग्रामिण पर्यटनको आधारशिला बन्नेमा कसैले रोक्न सक्दैन । ”

    होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पुर्व अध्यक्ष माधव नेपाल, लुम्बिनी पर्यटन प्रबद्र्धन विकास समतिी सदस्य सागर अधिकारी, रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष मोदनाथ बेलबासे, सिद्धार्थ ट्राभल एण्ड टुर एजेन्ट (साटा) का अध्यक्ष चन्द्र बहादुर थापामगर, सिद्धार्थ होटल एशोसियनका सदस्य थानेश्वर पौडेल, पर्यटन व्यवसायी गमला नेपाल , लिला बहादुर बोहरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पुर्व सदस्य लाल बहादुर के.सी लगायतको टोलीले सुकेतालको अवलोकन भ्रमण गरेको हो । दोभान पर्यटन विकास समितिका अध्यक्ष दल बहादुर गुरुंगको संयोजनमा भएको उक्त कार्यक्रमका पर्यटन क्षेत्रका अगुवाहरुले सुकेतालको प्रबद्र्धन र संरक्षणमा सरकारले प्रायाप्त ध्यान नदिएको प्रति चिन्ता समेत व्यक्त गरे । पर्यटन व्यवसायीहरुले सुकेताललाई आन्तरिक पर्यटनको गन्तब्य संग जोडेर आफुहरुले प्रचार प्रसार थाल्ने पनि दृढता व्यक्त गरेका छन् ।

     


    समुद्र सतह देखि ९ सय मिटरको उचाईमा रहेको चुरेको खोंचमा ३ रोपनी क्षेत्रफलमा फैलिएको ताल नै यहाँको मुख्य आकर्षणको केन्द्र हो । चैत महिनाको उखरमाउलो गर्मीमा पनि डम्म पानीले भरिएको तालमा दालचिनी, सिमल र विभिन्न्न हरियाली बिरुवाको प्रतिछायां कम रोचक लाग्दो देखिदैन । तालको बीचमा शिबजीको मन्दिरमा दर्शनार्थीको घुईचाले काठमाण्डौको रानीपोखरीको झल्को समेत दिने गरेको छ ।

    सिद्धार्थ राजमार्गको बुटवल – पाल्पा सडक खण्डको दोभानबाट तल खोलामा झरेर झयांग्ला जाने बाटोलाई केही माथिसम्म पछ्याई टोल भन्ने ठाउँबाट माथि डाँडामा करिब १५ मिनेटको यात्रापछि सुकेताल पुग्न सकिन्छ ।

    सुकेताल नाम भन्दा यथार्थमा फरक रहेको छ । सुकेतालको नाम सुन्नेले सामन्यता सुख्खा ताल होला भनेर अनुमान गर्छन तर  उक्त तालमा बाह्रै महिना पानीले डम्म परेको तालबाट निकालिएको ३ किलोवाटको लघुजलविद्युत परियोजनाले त्यस गाउँका सबै घरधुरी झिलिमिली बनेका छन् ।

    उक्त ताल अवलोकन गर्न चाहने पाहुनालाई मगर समुदायले स्थानीय होम स्टेमा राख्ने व्यवस्था समेत गरेका छन् । होम स्टेमा बस्ने पाहुनालाई सांझ मगर समुदायको सास्कृतिक कार्यक्रम मार्फत मनोरन्जन प्रदान गर्नेगरेको सुकेताल सास्कृति क्लबका अध्यक्ष जमुना रानाले जनाईन् ।


    ४ जना किशोर र २३ जना किशोरीहरु संलग्न उक्त क्लबले ४ वटा कौडा, करुवा लगायतको प्रस्तुति दिने र सो बापत सहयोग स्वरुप १५ सय लिने गरेको क्लबको सचिव सविना थापाले बताइन् । क्लबले उक्त रकम कोषको रुपमा खडा गरी आफ्ना सदस्यहरुलाई समस्या पर्दा क्रृण स्वरुप उपलब्ध गराउदैं आएको छ । अहिले क्लबको जम्मा रकम ९५ हजार पुगेको पनि अध्यक्ष रानाको भनाई छ । मगर पोशाकमा सजिएका किशोर किशोरीको सास्कृति कार्यक्रम र दोहरी अत्यन्तै आकर्षक रहने गरेको उक्त क्षेत्रको विकास र प्रबद्र्धनमा दिनरात नभनि खटिएका सामाजिक अभियन्ता दल बहादुर गुरुंग बताउंछन् ।

    साविकको दोभान ९ हालको तिनाउ गाउँपालिका वडा नम्बर २ पर्ने उक्त सुकेतालमा ४ घरमा व्यवस्थीत होम स्टे सन्चालनमा रहेको छ । सुतेको १ सय ५०, सादा खानाको १ सय ५०, मासु खानाको २ सय ५० स्थानिय पेय पदार्थको प्रति गिलास २० रुपैयाँमा पाइने गरी समितिले व्यवस्थापन समेत गरेको गुरुङ बताउँछन् । गुरुङका अनुसार उक्त क्षेत्रमा एकै दिनमा २० जनादेखी ५० जना सम्मलाई राख्न सकिने गरी होम स्टे व्यवस्थापन गरिँदैछ । तथापि हाललाई २० जनालाई चार घरमा राख्ने गरी प्रबन्ध मिलाइएको छ ।

     
    वर्षमा ५ देखी ८  हजार सम्म आन्तरिक पर्यटक आइरहेको उक्त ठाउमा २०६५ सालमा ग्रामिण पर्यटन महोत्सव शुरु भएको थियो भने २०६७ सालमा होम स्टे सन्चालनमा आएको हो । सोही ठाउँमा ०६८ सालमा संरक्षणमा साहित्यिक यात्रा भन्ने विशेष कार्यक्रम समेत  सम्पन्न भएको थियो । साहित्यकार वनमालि निराकार, रुद्र ज्ञवाली, हिरण्य ज्ञवाली लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा स्रष्टाहरुले सो क्षेत्रको बारेमा तत्काल कविता लेखेर बाचन गर्दाको क्षण स्मरणीय भएको गुरुङले सुनाए ।

    पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलबाट बढीमा १ घन्टामा पुग्न सकिने सुकेताल होम स्टे अहिले यस क्षेत्रमा चर्चित बन्दै गएको छ । गर्मीको समयमा भैरहवा बुटवलमा ४०–४२ डिग्री तापमान सम्म पुग्दा सो क्षेत्रमा सामन्य मौसम हुने गरेको छ । सुकेतालको अवलोकन पश्चात होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा होटल न्यू इराका सन्चालक माधव नेपालले भने “ बुटवलको नजिकै रहेको प्राकृतिक रुपले भरिपुर्ण सुकेतालमा पर्यटन उद्योगको सम्भावना अत्यन्तै रहेको बताउँछन् । सो क्षेत्रमा पर्यटन उद्योग विस्तारको लागि राज्यले पनि ध्यान दिनुपर्दछ । ”


    लुम्बिनी आउने पर्यटकलाई कम्तिमा एकदिन भएपनि बस्ने र मनोरन्जन गर्ने स्थलको रुपमा सुकेताललाई विकास गर्नेगरी योजना बनाएमा उपलब्धीपुर्ण हुने लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिती सदस्य सागर अधिकारीले जनाए । लुम्बिनी क्षेत्रका ट्राभल एण्ड टुर एजेन्टहरुको छाता संगठन साट्टाले सुकेताललाई आफ्नो प्याकेज टुरमा राखी पर्यटन व्यापार गर्न सबै व्यवसायीलाई आग्रह गर्ने सो संस्थाका अध्यक्ष चन्द्र बहादुर थापाले जनाए । स्थानिय परिकारको उचीत प्रबन्ध सहितको होम स्टे र मगर सस्कृतिको नाचगानलाई परिस्कृत गर्दै लगेमा उक्त क्षेत्रमा पर्यटकको ओइरो लाग्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष मोदनाथ बेलवासेको विश्वास छ । अर्कोतर्फ लुम्बिनी क्षेत्रका ठूला र तारे होटलहरु संबद्ध सिद्धार्थ होटल एशोसियसनका सदस्य थानेश्वर पौडेलले पर्यटकहरुको चाहना फरक फरक हुने हुदां उनीहरुको बसाइलाई लम्बाउन होम सुकेताल होम स्टे महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
    मौसम निकै अनुकुल भएको र पुरै ग्रामीण रहनसहन भएको सुकेताल होम स्टे अहिले यस क्षेत्रका सर्बसाधारणलाई गर्मी छल्ने थलो बनेको पर्यटन क्षेत्रमा लामो समय देखी कलम चलाउँदै आएका मनोरन्जन शर्मा बताउँछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.