logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    यो मुलुकमा सरकार र प्रतिपक्ष छैन ?


    २६ भाद्र २०७४ , सोमबार

    यो मुलुकमा सरकार र प्रतिपक्ष छैन ?

     

    – उमेशचन्द्र रिजाल

    म विद्वान हुँ, सर्वज्ञाता हुँ भन्ने आडम्बरले नेपाली बौद्धिक समाज आक्रान्त छ । फलामे सेटमा निर्मित विद्वानहरु, हरेक कार्यक्रममा सेट भएका छन्, उनीहरु बिना न देश चल्छ, न समाज न नेपाली विदेश नीति यस्तो अवस्थामा मुलुकको निकास खोज्नु भनेको एक डाडु पानीमा डुबेर मर्नु जस्तै हो ।

    माथि उल्लेखित प्रश्नहरु, शंका र उपशंकाहरु मैैले त्यत्तिकै उठान गरेको होइन । हार र जित जिन्दगीका दुइ पाटा हुन् चाहे राजनीतिमा वा व्यक्तिको व्यक्तिगत जीवनमा । आफूलाई विद्वान भन्नेहरु राजनैतिक यो वा उ दलका भरिया हुनु भनेको मुलुकको लागि दुर्भाग्य हो । नेपाली राजनीति र समाजमा यो चित्र स्पष्ट देखिएको भान हुन्छ ।

    शैक्षिक संस्थाहरु पवित्र मन्दिर हुुन्, मयसमा व्यापार गरेर मुनाफा कमाउनेहरु पनि विद्वान नैै छन् र त्यस संस्थामा काम गर्ने बँधुवा मजदुर भएका छन् । यीनको न आवाज छ, न छ हिम्मत यस्ता शैक्षिक संस्थामा काम गर्ने मजदुरहरु विद्वान नै छन्, तर उनीहरुको आवाज कहँी पनि सुनिँदैन र आवाज उठाएपनि विद्वानहरुले सुन्दैनन् (सन्दर्भ आंशिक प्राध्यापक आन्दोलन) । यसको जडमा गएर हेर्ने हो भने हाम्रो पुरै (त्रि.वि) अपाङ्ग भएको छ यो मुलुक जस्तै । आफूलाई स्वायत्त भन्ने भिख माग्ने, लाचार हुने ? दश दश वर्ष त्रि.वि.विमा काम गरेर सेवा प्रदान गरेका आंशिक शिक्षकहरु प्रति त्रि.वि र राज्यको केही भूमिका छैन ?
    धेरै कुराहरु छन्, त्रि.विद्वारा संचालित कार्यक्रमहरुको सम्बन्धन अरु प्राइभेट क्यामपसहरुलाई आर्थिक लेनदेनमा दिइएको हो, नत्र भए देशमा संचालित कार्यक्रमहरु धेरै प्राइभेट क्याम्पसहरुलाई दिइएको छ ।

    त्रि.वि.ले आफै माथि सौता हालेको हो । त्रिविका पदाधिकारहिरु निकम्बा छन्, राजनैतिक भागबण्डामा आएका हुन्, मालिक (आफ्नो दल) को आदेशमा काम गर्दछन् भनेर बुद्धचौक मकालु स्टेशनरी (भैरहवा) मा सुन्नुप¥यो । भागबण्डाले त्रि.वि.वि. क्षतविक्षत भएको छ ।

    एउटा उदाहरण हेरौँ, नयाँ नयाँ विषयहरु क्याम्पसलाई दिएपछि त्यसमा कार्यरत शिक्षक, कर्मचारीको भविष्य सुनिश्चित गर्नुपर्दैन ? दश दश वर्ष सम्म आंशिक राख्ने ? यो हिटलरी मानसिकताबाट त्रि.वि. मुक्त हुर्नैपर्छ कि पर्दैन ? सकिन्छ विषयहरु हटाएर प्राध्यापकको बिदाई गर्नुप¥यो होइन भने वधँवा मजदुर बनाउन पाइदैन ।

    यस्तो गम्भिर समस्यामा नेपालभरका क्याम्पस प्रमुखहरु, स्थायी प्रा.डा.हरु, स्थायी शिक्षक कर्मचारीहरु एक शब्द नबोले पनि सहानुभूति छ मात्र भन्दछन् । क्याम्पस प्रमुखहरु नबोल्नु बुझ्न सकिन्छ, दलिय भागबण्डामा आएका हुन् र मालिकको आदेश अनुसार काम गर्दछन् । आंशिक प्राध्यापकहरुको आन्दोलनलाई किन स्थायीहरुले पूर्ण सहयोग नगरेका होलान् ? यसको उत्तर के होला ? विद्यार्थीहरु जसलाई आफ्नो जीवनको महत्वपूर्ण दश, बाह्र वर्ष आंशिक शिक्षकहरुले कुर्बान गरे उनीहरु पनि पूर्ण रुपमा मुक्त भएका छन् ।

    राजनैतिक पृष्ठपोषणबाट विद्यार्थी जगत आक्रान्त भएको हो कि ? अथवा आंशिक गुरुहरु प्रति के उनीहरुको कुनै सद्भाव छैन ? समर्थन छैन ?

    आंशिक शिक्षकहरुको समस्या समाधान यथाशीघ्र हुनुपर्दछ । विश्वविद्यालय देखि प्रधानमन्त्री निवास सम्म पुगेका उनीहरुको माग सम्बोधन नगर्नु भनेको यो मुलुकमा सरकार र प्रतिपक्ष छैन ? मुलुक चलाउनेहरुले आफ्नो सेवा, सुविधा, भत्ता सबै बढाएका छन् तर आंशिक प्राध्यापकहरुको माग सम्बोधनमा कोही पनि बोलेका छैनन् ।

    आंशिक प्राध्यापकहरुको मुद्धालाई प्रतिपक्ष दलले किन नउठाएको होला ? के आंशिक प्राध्यापकहरु राष्ट्रवादी हैनन् ? सबैभन्दा आश्चर्यजनक कुरा त के छ भने तमाम विद्यार्थी संघ र संगठनहरुको गुरुहरुप्रति समर्थन र सद्भाव पटक्कै देखिएन । सम्पूर्ण विद्यार्थीहरुको सम्पूर्ण समर्थन चाहेका छन् गुरुहरुले । फलामे सेटमा निर्मित विद्वानहरुले भन्दा ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.