–सुस्मिता शर्मा
चितवन टाँडीबाट करिब तीन घण्टा जति गाडीमा हिँडेपछि चेपाङ बस्ती पुगिन्छ । त्यहाँ बाटोको व्यवस्था त्यति राम्रो थिएन र गाडीहरू पनि कम थिए त्यसैले आउन जान भने गाह्रो थियो ।
करिब १०५ तामाङ, ७५५ चेपाङ अनि बाँकी दलित र अन्य जातिहरू बसोबास गर्छन् यो बस्तीमा ।

शक्तिखोर, सिन्धी र त्यहाँ वरिपरिका डाड चेपाङ बस्ती हो । कम्तीमा ५५ जति पनि साक्षर नभएका बस्तीका मानिसहरूको आफ्नो भेषभूषा एवं रहनसहन रहेकोे छ । बस्तीको बारेमा बाहिरी कुरा र भित्र गएर बुझ्दाको कुरा अत्यन्त भिन्न पायौं हामीले । ३÷५ बर्ष अघि विभिन्न अध्यन अनुसन्धान गर्न उपयोगी मानिएको यो बस्ती पछिका बर्षहरूमा भिन्न अनि अलि विकसित पाइयो ।
अलि जाने बुझेका मानिसहरू यो परिवर्तन क्रिश्चियन धर्म भित्रिएसङ्गै भित्रिएको भन्छन् । सरकारी एवं गैरसरकारी संस्थाहरूले पनि विभिन्न कामहरू गरेका रहेछन् । हामीले १०५ जति खान नपुग्ने मानिसहरू भेट्यौं । उनीहरू कोदो, फापर, जङ्गलका कन्दमूलहरू, सिस्नु खाएर गुजारा चलाउने गर्दछन् । उनीहरु माथि डाँडामा बस्ने र घरहरू पनि छरिएको हुनाले सबैसँग भेट हुनु असम्भव नै थियो ।
तर सिन्धिको तलको बस्तीको स्थिति राम्रै थियो । मानिसहरूको मुख्य पेसा कृषि भएता पनि परिवारका पुरूश सदस्यहरू ज्यालादारी गर्छन् । खान कति पुग्छ भन्ने प्रश्नको जवाफमा उनीहरुले बेसाएर भए पनि वर्षभरी खान पुगेको भन्छन् । धेरैले बेसाएर खाने तर जङ्गलको कन्दमुल खोज्न नजाने कुरा गरे ।
त्यहाँका मानिसहरूको विकासको मुख्य बिरोधक आज्ञानता नै हो । उनीहरुले खाना भोलिको लागि पनि सन्चय गर्नुपर्ने बा दिगो खाद्य प्रकृति अझै पनि जानेका छैनन् । सञ्चय गरेर ब्यापार गर्नेतिर अझैपनि उनीहरुको ध्यान गएको छैन । कुखुरा फार्म र मौरीपालन भएको हुनाले मानिसहरू चिउरीको खेती तर्फ बढी लगेका रहेछन् ।
चिउरी रोप्ने चलन पहिला देखि नै चलेको रहेछ । चेपाङको बिहेमा चिउरी दाइजो दिने चलन अत्यन्त अनौठो लाग्यो ।अन्त्यमा चेपाङ बस्तीलाई बिकशित गर्नलाई शिक्षाको अत्यन्त आवश्यक छ । चेपाङको खाद्य संकट न्यूनीकरण गर्न कोदो, फापर जस्ता बालीहरूको विकास गर्नुपर्दछ र खाद्य संकटमा परेका मानिसहरूको सही पहिचान गरेर उनीहरुलाई सीपमूलक कामहरू सिर्जना गर्नु जरुरी छ ।
कृषि तथा वन विज्ञान अध्ययन संस्थान, रामपुर, चितवन