logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बडाआआआ ………. दशैं


    ३१ असोज २०७५ , बुधबार

    बडाआआआ ………. दशैं

    एन्जिला शर्मा

    बडा दशैं, सुन्दै बडा ठुलो बोझिलो केहि भारि चिजले टाउको मा थिचेको जस्तो !

    हो साचिकै दशैं निकै बडा लाग्न थालेको छ ,यो बडा को अर्थ निकै अन्योलमा परेको छ आज भोलि! मलाई थाहा छैन कुन विचार ले कुन अर्थ ले हाम्रा बाउ बाजेले दशैं को अगाडी ‘बडा’ विशेषण थपेर बडा मुस्किल ले यस्लाई जसो तसो यहाँ सम्म खिचेका छन्!

    सायद साल को एक पल्ट सबै काम काज भुलेर टाडा टाडा छरिएका परिवार जन र आफन्ती एकै ठाउँ भेट भएर दुख सुख साटासाट गरेर असिर्वाद बाढ्दै बडीया संग मनाउने गरेको ले बडा दशैँ भन्ने गरेका होलान! अनेकौ धार्मिक कथा,आस्था,बिस्वास पनि रहेको मानिन्छ दशैं मनाउनुको कारण!

    श्रीरामको वनवास पछी को घर फिर्ती को उल्लाश,देवी दुर्गाले दानव संघार गरेको हर्ष यस्तै यस्तै…तर जे भएपनि त्यो धेरै अघि को कुरा हो ऐले भूतकाल भनिन्छ !

    सबैलाई थाहा छ समय परिवर्तनसिल छ! समय ले हरेक कुरा परिवर्तन गर्छ भन्छन् कुनै न कुनै रुप र अवस्थामा ! सायद यही समय को गति संगै परिवर्तित भएको त होइन आज को हाम्रो बडा दशैँ यानिकी बोझिलो दशैं! हाम्रो संस्कृति र परम्परा मा भएका अन्य चाड पर्व मानिसहरु सहजै स्विकार्छन,झन्झट र झमेला को खासै गुनासो सुनिदैन हालाकी आज भोलि केहि चड्किला भड्किला तरिका अपनाईएका छन् तर पनि चाड पर्व भनेर रमाएकै देखिन्छन ! दशैं को संधर्भ मा यो सब बिल्कुल फरक देखिन्छ! दशैं लाइ पर्व नभई ठुलै दशा नै आएको जस्तो गरिन्छ!दशैं लाई दशा को उपनाम दिएर कति गीत नाटक पनि बनेका छन् ! हाम्रो गाउँ घरमा बाल्लेकालमा हातको औला गनेर गाईने गीत दशैँ आयो… खाउला पिउला… कहाँ बाट ल्याउला…चोरी ल्याउला…धत्तेरिका म छुट्टै बसुला बडो अचम्मको गीत छ दशैंलाई साचिकै बडा हो भनेर ब्याक्ख्या गर्न! चलिआएको बोझिलो चलन कै रुप मा करकाप ले बाध्य भएर अनुसरण गरेको जस्तो आभाष हुन्छ! एसो त दशैं भनेर रमाउने को कमि हुदैन तर वर्ग अनुसार रमाउने तरिका नै फरक देखिन्छ! धनि हुने खाने लाई सधै को दशैं… चाडवाडको खर्चले खासै फरक नपर्ला अनि यहा मध्यम वर्गलाई गक्ष्क्षे अनुसार को दशैं इज्जत जोगाउन कै तनाब….अनि आउछ तेश्रो लाचार वर्ग हुदा मात्र खानेहरु लाई चै सारै अप्ठेरो यो दशैं मा! दशैं मनाउन भनेर धनराशीको केहि भाग नै छुट्टाएर रखिन्छ बडो अचम्म छ,कतै केहि ब्यापार नै सुरु पो गर्न आटेको हो कि झैँ ! कसैको भने ऋण खोजि खोजि साल भरि ऋण को बोज ले थिचिने गरि नै दशैं मनाउनु पर्ने बाध्यता ! जीवनमा आइरहने अनेकन समस्या बावजुद सालको एक पटक दशैंको रुपमा ठुलै समस्या अनिवार्य झेलिरहेको हुन्छ सामान्य आम्दानीको मान्छे! दशैँ अगाडी बैंकका ढोकामा कमिलाको ताती झैँ लामो लाईन बनाउने त छोड्नै नहुने दशैँको एउटा बिशेष र अभिन्न पाटो नै भैसकेको छ! मिलन र असिर्वाद को पर्व मनाउन आखिर किन नया नया नोट का गड्डी नभई नहुने अनि किन छिमेकी को भन्दा सानो खसी ले काम नचल्ने या त हिंसा बिना दशैं नै सार्थक नहुने! कतै नया नया फरमाईसी लगाई र खुवाईका कारण परिवार को मुखिया को सिर मा दर्द! दशैंका अनौठा संस्कारहरु का बीच बचपनको खुसि र रमाइलो को लोजिक नै फरक छ हर खुसि बिना लोजिक! सानोमा सायद दशैंको मतलब नै मामाघर जाने अरु भन्दा पांच रुपया बढी पाउन रुने… तैले कति पैसा पाइस भन्दै दाजु बैनी संग दाज्नु …फुपू को मा नया नोट पाए भनेर नाक फुल्लाउदै साथी भाई माझ धाक लगाउनु… बाबालाइ सताएर नया नाना किन्नु… आमालाइ घुर्कायर मिठो खाना नभई हुन्न भनेर सताउनु ! हो यो बचपना हो ठुलोको जति सोच्ने क्षमता पनि कति नै हुन्छ र…अमुल्य हुन्छ यो रमाइलो फर्केर आउदैन सायद पर्वको महत्त्वो र पर्व मान्नुको असली कारण पनि थाहा हुदैन त्यती बेला…. तर उमेरको बढुवा अनुसार चाड पर्व को कारण र महत्त्वोको सहि जानकारी हुनु,दिनु र सहि तरिका ले मनाउन सिकाउनु पनि आवश्यक छ! बिशेष गरेर दक्षिना प्रचलन र नानाथरी परिकार नभई दशैं मनाउनै सकिदैन भन्ने सोच पेचिलो लाग्छ मलाई! सालमा एकपटक आउने दशैं मनाउन कति महिना देखिको बाउको तलब को एउटा अंश छुट्टाएर राख्नु पर्ने बाध्यता किन? दशैं को दिन घोर्ले खसी नभई इज्जत जान्छ भन्ने डर किन? साल को एकदिन मिठो खानै पर्छ भन्ने तनावले सामान्य दिन को भोजन अलिनो किन? दशैंकै लागि भनेर किनेको कपडा नलगाए सरिर नाढाकिने किन?मामा र फुपूघरमा नया पैसा फल्ने रुख नभई नहुने किन?चाडवाडको बहानामा घरबार नै उठिबास लगाउने गरि जुवा तास खेल्ने संस्कार यथावत राख्न जरुरि किन? हर्ष उल्लाश को पर्वले उब्जाउने यतिका प्रश्न किन? जिम्मेवारी बोध भए पछी दशैंको छुट्टै महत्त्वो लाग्न थालेको छ मलाई! आफ्नो खुट्टामा उभीसक्दा देवीको शक्तिसाली रातो टिका निधारमा लगाइरहदा… सिर निहुराएर मान्यजन बाट चिरन्जीवी भवको आशिर्वाद थापिरहदा… निर्धो जस्तो हात फैलाएर अरु बाट दक्षिना समेट्दा म नालायक नै हुँ कि जस्तो लाग्न थालेको छ! अनि बाउको लाचार अनुहार दशैं खर्चको भारिले खुम्चिएको देख्दा दशैं साचिकै खल्लो भएको महसूस भैरहन्छ ! भेटघाट टिका जमरा आशिर्वाद र सामान्य खानपिनले नै सहजै रमाइलो गर्न सकिने चाडवाड… मेरो गह्रुंगो स्वभाव र स्वागतका कारण म पाहुना हुन गएको घर परिवारमा मेरै कारणले गर्दा भएंकर बडा दशैं बन्न गएको जस्तो लाग्न थालेको छ! सानो बेलाको दशैं र आज को दशैं दाज्न थालेको छु आज भोलि! मैले जुन गलत अर्थले दशैं मनाईरहे हाम्रो आउने पिडिले तेस्लाई सहि तरिकाले मनाउन जरुरि छ! दशैंलाई पारिवारिक भेटघाट र नातागोता झमघट गरेर रमाइलो गर्ने भएकाले बडा दशैं भनिएको भन्ने बुझ्न जरुरि छ ! बडा दशैँ को गलत अर्थ हामी बाटै सच्याउन जरुरि छ! होइन भने दशैं सधैका लागि बोझिलो किसिम को बडा नै हो भन्ने अर्थ नै सत्य बन्ने छ! तर आज फेरी दशैं रमाइलो गरि मनाउन मन लागेको छ! हैन मामा पैसा चै सापट चाईएको बेला लिगौला,हैन फुपू हजुरको आशिर्वादले भरिएको टिकाले नै सबै चिताएको कुरा पुग्छ,हैन बाबा खसी ढाल्नु पर्दैन जे छ त्यहि खाउला,हैन आमा जति छ सबै भन्दा राम्रो कपडा बाकस बाट झिकेर लगाउला भन्न मन लागेको छ! बडा होइन मात्र ह्याप्पी दशैं भन्न मन लागेको छ! ह्याप्पी दशैं!!!

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.