logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवामा तेक्वान्दो प्रतिस्पर्धा


    १९ फाल्गुन २०७५ , आइतबार

    भैरहवामा तेक्वान्दो प्रतिस्पर्धा


    रुबिना थापा
    भैरहवा, १९ फागुन । भैरहवा तेक्वादो क्लब रुपन्देहीले पाँचौ इन्टर क्लब तेक्वान्दो च्याम्पिनसिप २०१९ सम्पन्न गरेको छ । च्याम्पिनसिप कार्यक्रममा जिल्ला भरीका क्लब तथा विद्यालयहरुको सहभागी रहेको क्लबको सूचना शाखाले जानकारी दिइएको छ । च्याम्पेनसिप प्रतियोगितामा १५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा पहिलो , दास्रो , तेस्रो हुनेलाई सुवर्ण पदक , रजत पदक र काश्य पदकबाट सम्मान गरिएको थियो । रुपन्देही लगायत नवलपरासी जिल्लाबाट समेत २ क्लब सहभागी रहेका थिए । पदक वितरण तथा समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा भैरहवा तेक्वान्दो डोजाङका संस्थापक जगनलाल श्रेष्ठ , शिवकुमार धववल , रमेश कुवर , दिपक श्रेष्ठ , मोहित साठिया , रामजी यादव , राजकुमार पाण्डे रामवरण , राजिब सिंह क्षेत्र , मदन थापा , दिपशु श्रेष्ठ , सुरेश पाशवानको सहभागीता रहेको थियो । भैरहवा तेक्वान्दो दोजाङको प्रशिक्षक प्रकाशमान राज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.