logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लायन्समा अध्यक्ष गुप्ताको मन्तव्य


    २५ कार्तिक २०७७ , मंगलबार

    लायन्समा अध्यक्ष गुप्ताको मन्तव्य

    शिबनाथ गुप्ता,  अध्यक्ष , लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी

    आजको यो गरिमामय लायन्स प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मा. सुदर्शन बराल ज्यू । विशिष्ट अतिथि पि.डि.जि. लायन महेन्द्र नारायण श्रेष्ठ ज्यु, प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक उमंग देवकोटा ज्यू ,३२५ बि टु का स्ट्रेटेजिक चिफ लायन नवराज न्यापाने पिएमजेएफ ज्यू, ३२५ बि टु का स्ट्रेटेजिक चिफ लायन महेश चन्द थापा, एम जे एफ ज्यू , प्रशिक्षक बिजय पाण्डे ज्यु, एरिया, जोन र डिस्ट्रिकका अग्रज तथा पदाधिकारी ज्यूहरु र यस कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न लायन्स क्लवहरुका अध्यक्ष्य ज्यूहरु, पत्रकार मित्रहरु र लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीका मेरा सहयोद्धा साथीहरुमा म अभिवादन टक्राउन चाहान्छु ।

    प्रथम विश्व युद्धको दौरानमा धेरै मानिसहरुको अकाल मृत्यु, शारीरिक अपाङ्ग, घरपरिवार विहीन भएको दुख र कष्टलाई देखेर सन् १९१७मा मेल्विन जोन्सले लायन्स क्लबलाई अमेरिकाको सिकागो शहरमा जन्माएका थिए ।
    उनी एउटा सामान्य विमा व्यवसाय थिए । त्यसैलाई अंगिकार गर्दै आज हामी लायन्सको मर्म अनुसार संसार भरि काम गरिरहेका छौ ।
    “हामी सेवा गर्छौ ”भन्ने मुख्य उद्देश्य लिएर विश्वभरीका लायन्सका सम्पूर्ण साथीहरु मानवीय सेवामा कार्य गरिरहेका छन् ।
    मानिसहरु विचको बन्धुत्वको भावना, मित्रत्व व्यवहार, भाईचार भाव सहयोग र एक आपसमा सम्मान गर्नु लायन्सको कर्तव्य हो । यसले पिडामा परेकालाई सहयोग गर्नुको साथै अब “युद्ध होइन, विभाजन होइन, शान्ती र एकता चाहिन्छ ।”भन्ने भावनाको विकास गर्दछ । जसलाइ हामीले आफ्नो धर्म मानेको छौ । यसैका रहेर लायन्सले गर्ने मुख्य ५ वटा विधामा काम गर्ने मार्गमा हामी पनि लागेको म यहाँ उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथि, अतिथि र सवै सहभागीहरुमा जानकारी गराउन पाउदा हर्षले विभोषित भएको छु ।
    १. आखा
    २. बाल क्यान्सर
    ३. डाइभिटिज
    ४. वातावरण
    ५. हंगर
    हाम्रा मुख्य काम गर्ने बटम लाइन हुन ।

    कुनै पनि धर्म र सम्प्रदायिक जात लिगं र राजनैतिक भन्दा माथि उठेर मानवीय सेवा गर्ने यस संस्थाको मुख्य उद्देश्य हो । संसार भरिको चलन हेर्ने हो भने टिम वर्क गर्ने यस संस्थाको सुन्दर पक्ष हो । विश्वभरी १४ लाख भन्दा बढी लायन सदस्यहरु छन् ।
    नेपालमा सन् १९७१ मा पूर्व प्रधानमन्त्री स्व. मातृका प्रसाद कोइरालाको अध्यक्षतामा पहिलो विराटनगर लायन्स क्लबको स्थापना भएको हो । लायन्स क्लबको स्थापना संगै नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखा अस्पताल निर्माण, भोकोपन निवारण गर्दै आएको छ । दोलखा, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाची, बुटवल र महाराजगं टिचिङ्ग अस्पतालमा रहेको आखा उपचार सेवा केन्द्र भवन निर्माण नेपालका लायन्स क्लबहरुले गरेका छन् ।
    लायन्सले विश्वभर गरेका समाज सेवाका कामहरु हेरेर विगत ५ वर्ष अगाडीदेखि म लायन्स क्लबमा आवद्ध रहेर काम गर्दै आएको छु । जसको एक परिकल्पना लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको स्थापना हो । जुन क्लब स्थापना गर्न मलाई ६१ जना सदस्यहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनु भएको छ । उहाहरुलाई पनि म यसै कार्यव्रmम मार्फत धन्यवाद दिन चाहन्छु । यस क्लबमा शिक्षा, स्वास्थ्य, पत्रकारीता, बैकिङ्ग, विमा, व्यापार, उद्योग, सहकारी लगायतका विभिन्न क्षेत्रमा आवद्ध साथीहरु यस क्लबको सदस्य रहेको कुरा म जानकारी गराउन चाहन्छु ।
    क्लबको स्थापना संगै हामीले लायन्सको मूल मर्मलाई आत्मसात गर्दै हाल ३ महिना नपुग्दै १० वटा कार्यक्रमहरु गरिसकेका छौ ।
    १. पहिलो कार्यक्रम अन्तर्गत ब्लड क्यान्सर पिडित, गुल्मी, निवासी मनोज गिरीलाई रु ५१ हजार सहयोग गर्दै क्लबको स्थापना भएको थियो ।
    २. दोस्रो तिज मिलन कार्यक्रम गरिएको थियो ।
    ३. कोभिड १९ सचेतना मूलक कार्यक्रम तपाईको मास्क खै भनेर यस क्षेत्रमा २०० वटा व्यानरिङ्ग गरिएको थियो ।
    ४. सत्य साई वृद्ध आश्रममा रहेका सबै वृद्धाहरु र स्वयंसेवकहरुलाई क्लबका तर्फबाट रु एक एक लाख बराबरको
    कोरोना विमा गरियो साथै वृद्धा आश्रममा आवश्यकता अनुसारका खाद्यन्न सामग्री वितरण गरिएको थियो ।
    ५. सोही आश्रममा वृद्ध वृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम गरियो ।
    ६. रामग्राम नगरपालिका, परासीमा रुखबाट लडेर मेरुदण्ड भाचिएका बर्ष १६का छोटू सहानीलाई आर्थिक सहयोग अनुरुप रु ५१ हजार सहयोग गरियो ।
    ७. सिद्धार्थ नगरपालिका वडा नं. २मा रहेको मेउडिहवा आधारभूत विद्यालयमा कोभिड १९बाट जोगाउनका लागि त्यस विद्यालयमा रहेका शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीहरुका लागि आवश्यक उपकरण सहितको हातधूने पानी टंयाकी सहयोग गरियो ।
    ८. सि.न.पा.२ स्थित बहिरा बाल माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम गरियो ।
    ९. लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीमा आवद्ध भएका सम्पूर्ण ६० जना सदस्यहरुको प्रति व्यक्ति १ लाख बराबरको कोरोना विमा गरिएकोे थियो ।
    १०.विजयादशमीलाई लक्षीत गरी दशै विशेष कार्यक्रम गरिएको थियो ।

    हाम्रो टिमले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण जस्ता विभिन्न विषयमा रहेर लायन्सको मर्म अनुसार काम गर्ने कुराको पनि जानकारी गराउन चाहन्छु ।
    संस्था स्थापना गर्नु ठूलो विषय रहेनछ तर यसलाई आफ्नो गतिमा अगाडी बढाउदै लक्ष्य हासिल गर्न कठिन तथा धेरै चुनौतीहरु रहेछन् । हाम्रो टिमले यसलाई सहर्ष स्वीकार गर्दे आज सामाजिक विकासमा लायन्सको योगदान तथा लायन्स प्रशिक्षण कार्यव्रmमको आयोजना गरिएको हो । यसका लागि म प्रशिक्षकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
    स्थापना संगै क्लबको गतिलाई यो स्थानसम्म ल्याई पुरयाउन सहयोग गर्नु हुने अग्रज तथा आदरर्णीय व्यक्तित्वहरु
    पिडिजी लायन अरुण प्रताप राणा, एम जे एफ,
    स्ट्रेटेजिक चिफ लायन धर्मराज श्रेष्ठ, पि एम जे एफ ज्यू,
    यसै गरी स्ट्रेटेजिक चिफ लायन नवराज न्यौपाने, पि एम जे एफ,
    स्ट्रेटेजिक चिफ लायन महेश चन्द थापा, एम जे एफ,
    हाम्रा मातृ क्लब लायन्स क्लब अफ सिद्धार्थनगर अध्यक्ष लायन नेत्र आचार्य, एम जे एफ,
    लगायत सम्पूर्णमा धेरै धेरै धन्यवाद दिदै आगामी दिनहरुमा साथ र सहयोगको अपेक्षा गर्दछु ।
    अन्त्यमा, आजको यस कार्यक्रममा आफ्नो व्यस्तताको बावजुद पनि हाम्रो कार्यक्रममा महत्वका साथ आउनुहुने प्रमुख अतिथि माननिय मन्त्री ज्यू, विशिष्ट अतिथि र अतिथिहरुमा सम्मानका साथ धन्यवाद व्यक्त गर्न चाहान्छु ।
    कार्यक्रम भव्य र सव्य मनाउन सहयोग पुराउने होटल पौवाका व्यवस्थापक विण्णु भण्डारी, संस्थाका सचिव भिम थापा, कोषाध्यक्ष बिनोद यादव कार्यक्रम संहसयोजक कपिल चापागाई, सहयोद्धा साथीहरु लक्ष्मी थापा, बिना पौडेल, रुकमणी कारन्जित, शोभा गुरुङ, मनोज क्षेत्री, बिजय यादव लयायत सम्पुण साथीहरुलाई धन्यवाद दिन चाहान्छु ।
    यो कार्यक्रममा आफ्नो आमाको मृत्यु भएका कारण सहभागि हुन नसक्नु भएका कार्यक्रम गर्नका लागि आफ्नो मार्गचित्र तयार गर्नुहुने मेरा प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरी लाई सम्झन चाहान्छु र मृतक आमा प्रति हार्दिक श्रञ्दाजली दिदै गिरी परिवारमा संवेदना व्यक्त गर्दछु । आजको यो कार्यक्रम गर्ने क्रममा अन्जानका कुनै गल्ती कमजोरी भए आयोजक क्लवको अध्यक्षको हैसियतले माफी माग्न चाहान्छु । तथा औपचारीक कार्यक्रम समापन भएको घोषण पनि यहि गर्दछु । र अनौपचारीक तिहार विशेस कार्यक्रम चलिरहने जानकारी पनि गराउदछु । प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र सहभागीहरु सवैलाई रात्री भोजमा सहभागी भएर मात्र आआफनो निवास तर्फ प्रस्थान गर्न पनि अनुरोध गर्दछु । हस्त जय लायनवाद .

    कार्तिक २४, २०७७

    सामाजिक विकासमा लायन्सको योगदान तथा लायन्स प्रशिक्षण कार्यक्रममा दिएको अध्यक्षको मन्तव्य

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.